पत्रकारद्धय अजयबाबु सिवाकोटी र जीवन भण्डारी पुरस्कृत - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

पत्रकारद्धय अजयबाबु सिवाकोटी र जीवन भण्डारी पुरस्कृत



पोखरा । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी र युनिमीका महासचिव जीवन भण्डारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

डेमोक्र्याटिक लयर्स एशोसिएशन डिएलएले आफ्नो बार्षीक साधारणसभाको अवसरमा पत्रकारद्धय सिवाकोटी र भण्डारीलाई सम्मानित तथा पुरस्कृत गरेको हो ।
हाम्रा कुरा डटकमका सम्पादक सिवाकोटी र राष्ट्रिय समाचार समिती (रासस) का उप–सम्पादक भण्डारीलाई कानुन र न्यायको क्षेत्रमा पत्रकारिता मार्फत महत्वपुर्ण योगदान पुर्याएकाले सम्मानित तथा पुरस्कृत गरिएको डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले जानकारी दिईन ।

पोखरामा आज आयोजित डिएलएको बार्षिक साधारणसभामा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले पत्रकार सिवाकोटीलाई कानुन पत्रकारीता सम्मान तथा भण्डारीलाई क्रियासिल युवा न्यायिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

साधारणसभाामा देशभरबाट डिएलएका प्रतिनिधीहरु सहभागी थिए । साधारणसभाले पोखरा धोषणा पत्र समेत जारी गरेको डिएलएका उपाध्यक्ष राजु कटुवालले जानकारी दिए ।
प्रजातन्त्रवादी कानुन व्यवसायीहरुको संगठन डिएलएको स्थापना वि.स २०४७ सालमा वरिष्ठ कानुनविद् स्व. लक्ष्मण प्रसाद अर्यालको नेतृत्वमा भएको थियो ।