हिमानी शाह: सम्बन्ध गोप्य, ओँठमा मुस्कान - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

हिमानी शाह: सम्बन्ध गोप्य, ओँठमा मुस्कान



काठमाडौं- जतिबेला नेपाली समाजसँग पूर्व राजघरानाको दूरी बढ्दै थियो, त्यही समय पूर्व युवराज्ञी हिमानी शाह दुई हात जोडेर विनय एवं शालिन मुद्रामा सर्वसाधारणमाझ पुग्दै थिइन्।

एकातिर राजसंस्थाको अवशान, अर्कातिर श्रीमान पारस शाहसँगको बिग्रँदो सम्बन्ध।

यस्तो विषमताका बीच पनि हिमानी सन्तुलित, सौम्य र सौहाद्र्ध देखिइन्, जसले उनको छवी आकर्षक बनाइदिएको खबर आज शुक्रबार प्रकाशित हुने साप्ताहिकले छापेको छ।

ससुरा ज्ञानेन्द्रले राजगद्दी त्यागेको दुई वर्ष नपुग्दै २०६७ सालमा हिमानी कोष स्थापना गरेर उनी सर्वसाधारणसँग घुलमिल हुन थालिन्।

हिमानी जहाँजहाँ पुग्छिन्, त्यहाँ सर्वसाधारण झुम्मिन्छन्।

मिडियाले पनि उनलाई पच्छ्याइरहेकै हुन्छन्। यद्यपी हिमानीले मिडियामा खुलेर कुराकानी गरेकी छैनन्।

आफ्नो निजी जीवन वा श्रीमान पारससँगको सम्बन्धलाई सकेसम्म गोप्य नै राख्ने गरेकी छन्।

हिमानी पारससँग निकट नदेखिए पनि ससुरा र परिवारसँग घनिष्ट सम्बन्ध कायम राखेकी छन्।

त्यसैले त कहिले छोराछोरीलाई डोर्याएर राहत बाँड्न पुग्छिन्, कहिले त्रिसरालगायतका रेस्टुराँमा पारिवारिक जमघटमा रमाइरहेकी हुन्छिन्।