महासेठले भने: मैले जति काम कसैले गरेको छैन
काठमाडौं- निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मन्त्रालय छोड्नु अघि मन्त्रालयले धेरै रेकर्ड तोडेको दाबी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट बर्खास्त गरिएका उनले आफूले उक्त मन्त्रालयमा अहिलेसम्म हुननसकेका काम गरेको दाबी गरे । उनले रेल्वे फागुन ७ गते सञ्चालन गर्ने सोच बनाइसकेको जानकारी गराउँदै नयाँ मन्त्रीले त्यो काम अघि बढाउने विश्वास व्यक्त गरे ।
यनले पानीजहाजमा पनि नयाँ फड्को मार्ने क्रममा रहेको उनले बताए । यो वर्ष काठमाडौँ उपत्यकालाई केन्द्रित गरेर कार्यक्रम अघि बढाएको जानकारी उनले दिए ।
महासेठले मन्त्रालयमा बिहिबार विदाई कार्यक्रममा २० महिना आफूले मन्त्रीको हैसियतमा काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै मन्त्रालयले धेरै रेकर्ड तोडेको दाबी गरे ।
पहिले एक वर्षमा ६०० किलोमिटर मात्रै कालोपत्र हुने गरेकामा आव २०७४-७५ मा ९४५ किलोमिटर बनाएको र अहिले ९८८ किलोमिटर बनाउने योजना रहेकामा असारसम्ममा एक हजार किलोमिटर कालोपत्र भइसकेको बताए ।