विप्लवका सेक्रेटरीसहित तीन नेता नेकपा प्रवेश - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

विप्लवका सेक्रेटरीसहित तीन नेता नेकपा प्रवेश



विराटनगर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मोरङका सेक्रेटरीसहित तीनजना सत्तारुढ नेकपामा प्रवेश गरेका छन्।

‘विप्लव’ समूह परित्याग गर्दै नेकपा प्रवेश गर्नेमा जिल्ला सेक्रेटरी नवराज नेपाल, विराटनगर नगर सदस्य माधव पन्त र सन्दीप सापकोटा छन्। 

विराटनगरस्थित नेकपा मोरङको पार्टी कार्यालयमा बुधबार एक कार्यक्रमकाबीच उनीहरुले ‘विप्लव’ समूह छोडेर नेकपा प्रवेश गरेका हुन्।

कपा प्रवेशका क्रममा सेक्रेटरी नेपालले समाजवादको यात्रा नेकपाले मात्र पूरा गर्ने भएकोले चन्द समूह छाडेको बताए। नेपाली जनताले क्रान्ति नचाहेको उल्लेख गर्दै उनले समाज रुपान्तरणको यात्रामा अब अगाडि बढ्ने बताए।

कार्यक्रममा बोल्दै नेकपा प्रदेश–१ का सह–इन्चार्ज सावित्रीकुमार काफ्लले नवप्रवेशीहरूलाई पार्टीले उचित स्थान र भूमिका दिएर अगाडि बढ्ने बताए।