बैठक सकिने बित्तिकै प्रधानमन्त्री निवास आजै भत्काइने - Himal Post Himal Post
  • १० पुष २०८२, बिहीबार
  •      Thu Dec 25 2025
Logo

बैठक सकिने बित्तिकै प्रधानमन्त्री निवास आजै भत्काइने



काठमाडौं- बालुवाटारको प्रधानमन्त्रीको मुख्य निवास बुधबारदेखि भत्काइने भएको छ। नयाँ भवन बनाउनको लागि भत्काउने काम सुरु गरिएको हो ।

अहिले प्रधानमन्त्री निवासको मुख्य भवनमा मन्त्रिपरिषद्को पुनर्गठनबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी छ।

उक्त बैठक सकिने बित्तिकै भत्काउन सुरू गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्री भने नजिकैको एक तले भवनमा बस्ने बताइएको छ । मुख्य भवन बनाउन कन्टेक प्राइभेट लिमिटेडसँग दसैंअघि नै सम्झौता भइसकेको छ।