भिम रावल भन्छन: पहिला सेना तैनाथ गरौँ, अनि वार्ता गरौँ - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

भिम रावल भन्छन: पहिला सेना तैनाथ गरौँ, अनि वार्ता गरौँ



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले नेपाल र भारतबीच सीमा विवाद रहेका ठाउँमा सेना तैनाथ गरेर मात्र वार्ता गर्नुपर्ने बताएका छन् ।

सोमबार रत्नराज्य क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै नेपाल र भारतबीच सीमा विवाद पुरानो समस्या भएको बताउँदै उनले भने, ‘विगतमा नेताहरुको सत्ता लिप्साका कारण समस्या समाधान हुन सकेन । अहिले दुई तिहाइको बलियो सरकार भएकोले यो पटक जसरी पनि समस्याको समाधान गर्नुपर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी सीमा विवाद भएको ठाउँमा तत्काल सेना पठाउनुपर्ने धारणा ब्यक्त गर्दै भने, ‘पहिला विवादित ठाउँमा सेना पठाउनुपर्छ । सँगसँगै सीमा विवाद रहेको ठाउँका बासिन्दालाई बलियो बनाउनुपर्छ ।’

सीमा विवादको समस्या समाधानका लागि कुनै दल विशेष नभनी सबै क्षेत्रका मानिसहरु एकजुट भएर लाग्नुपर्ने उनले बताए । नेपाल कम्युनिस्ट पार्टीका युवा नेताद्धय ठाकुर गैरे र लेखनाथ न्यौपानेले पनि सीमा सुरक्षाका लागि सरकारले तत्काल कुटनितिक पहल गर्नुपर्ने बताए ।