पूर्वराजाले नाच्दा नाच्दै कोट फुकाले, हिमानी पनि झुमिन - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

पूर्वराजाले नाच्दा नाच्दै कोट फुकाले, हिमानी पनि झुमिन



काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित ठमेलको एक नाइट क्लब पुगेर नाचगानमा गरेका छन्। 

शाह ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा बुहारी हिमानी शाह छोरीहरुका साथ पुगेर खुब मस्ती गरेको भिडियो सार्वजनिक भएको छ।  

नाइट क्लबमा पुगेर शाहले विदेशी र स्वदेशी ग्राहकसँगसँगै नाचगानमा सहभागी भए। शाहले नाचकै क्रममा आफ्नो लगाएको कोट पनि फुकाल्न पुगेका थिए।

पूर्व राजाको साथमा हिमानी शाह पनि त्यही डान्स पार्टीमा सहभागी भई ससुरालाई साथ दिएकी थिइन्। शाहको डान्स हेर्न नायिका रिमा विश्वकर्मा, केकी अधिकारी लगायतका नायिका पनि क्लबमा देखिएका थिए। उनले नाचगान सकेर त्यहाँ उपस्थितसँग सेल्फी पनि खिचेका थिए।