महरा काण्ड: कहिले हुन्छ सुनुवाई ? - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

महरा काण्ड: कहिले हुन्छ सुनुवाई ?



काठमाडौं- पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योग मुद्दाबारे काठमाडौं जिल्ला अदालतले यही मंसिर २९ मा बकपत्र तोकेको छ।

महरालाई पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागार पठाएको १५ दिन भइसकेको छ।

कानुनअनुसार गम्भीर प्रकृतिको मुद्दामा अदालतमा लगातार सुनुवाइ गर्नुपर्ने व्यवस्था छ। जबर्जस्ती करणी गम्भीर खालको मुद्दा भएकाले लगातार सुनुवाइ गर्नुपर्ने व्यवस्था गरिएको हो।

‘उपनिर्वाचनको कारणले मुद्दाको सुनुवाइ केही ढिला भएको छ,’ जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले भने, ‘मुद्दामा मंसिर २९ मा बकपत्र तोकिएको छ।’ यो खबर आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेकी छन्।

महराले सार्वजनिक पदको दुरुपयोग गर्दै महिलालाई जबर्जस्ती करणी प्रयास गरेको भन्दै थप सजायसहित मागदाबी गरिएको छ। उनलाई संघीय संसद कार्यालयकै एक महिला कर्मचारीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोप लागेको छ।