रवि वड बने सुदूरपश्चिम पर्यटन दूत - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

रवि वड बने सुदूरपश्चिम पर्यटन दूत



कैलाली । सुदूरपश्चिम प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल आईडल सिजन- २ का विजेता रवि वडलाई सुदूरपश्चिमको पर्यटन दूतमा नियुक्त गरेको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा आयोजित ‘सप्तरंग २’ कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले रवि ओडलाइ प्रदेशको पर्यटन दूतका रूपमा नियुक्त गरेको घोषणा गर्दै प्रमाणपत्र दिएकी हुन ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री भट्टले भिजिट नेपाल २०२० लाई सफल बनाउने उद्देश्यले आईडियल वडलाई सुदूरपश्चिम प्रदेशको पर्यटन दुतमा नियुक्त गरेको बताइन ।

आफ्नो कलाकारिताका माध्यमवाट देश विदेशमा सुदूरपश्चिमको पर्यटकीय क्षेत्र, संस्कृति, रहन सहन तथा स्थानीय उत्पादन हरुको प्रचार प्रसार मा सहयोग पुग्ने उद्देश्यले उनलाई पर्यटन दूतमा नियुक्त गरिएको मन्त्री भट्टले बताइन ।