निजगढ पुगेर मन्त्री योगेशले भने: ढुक्क हुनुहोस - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

निजगढ पुगेर मन्त्री योगेशले भने: ढुक्क हुनुहोस



बारा- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पहिलोपटक निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगेका छन् । भट्टराईले विमानस्थल प्रभावित बस्तीको स्थानान्तरण गर्नेबारेको सम्भाव्यता अध्ययन गर्न र छलफल गर्न त्यहाँ पुगेका हुन् ।

मन्त्रीको स्वागतका लागि आयोजित कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले बस्ती व्यवस्थापनका लागि संघीय सरकारले निर्णय गरे स्थानीय सरकारले सहयोग गर्ने बताए।

मन्त्री भट्टराईले निजगढ विमानस्थल बन्ने कुरामा ढुक्क हुन आग्रह गरेका छन्। उनले स्थलगत निरीक्षणपछि प्रतिवेदन तयार गरेर मन्त्रीपरिषद्ले निर्णय गर्ने बताए। टोलीमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढामगर, पर्यटन सचिव केदारबहादुर अधिकारी, नागरिक उड्डयन विभागका महानिर्देशक राजन पोखरेल, आयोजना प्रमुख प्रदीप अधिकारीलगायत सहभागी छन्।