अस्ट्रेलियामा दुई नेपाली पक्राउ - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

अस्ट्रेलियामा दुई नेपाली पक्राउ



अस्ट्रेलिया- अस्ट्रेलियाको अध्यागमन विभागले २ नेपालीलाई पक्राउ गरेको छ । लगातार एक हप्ताको अन्तरालमा भिषा थप्न इन्डोनेशियाको बाली पुगि सिड्नी फर्केका दुई नेपाली पक्राउ परेका हुन् ।

उनीहरूलाई अध्यागमन बिभाग अस्ट्रेलियाले सिड्नी बिमानस्थलमा पक्राउ गरेको छ। एक बर्षे मल्टीपल भिषा पाएका उनिहरु तीन महिनाको पहिलो बसाइ सकिएपछि भिषा थप्न नजिकको गन्तब्यको रुपमा रहेको बाली शहर पुगेर फर्केका थिए ।

उनीहरू सिड्नी फर्कने क्रममा अध्यागमन मै पक्राउ गरिएको थियो । यसरी लगातार दुई हप्तामा दुई नेपाली पक्राउ परेपछि नेपालीहरुको लागि वाली ट्रान्जीट खतरा साबित भएको छ । उनीहरु अनुसन्धानको क्रममै रहेकाले नाम भने गोप्य राखिएको छ।

पछिल्लो हप्ता एक बर्षे मल्टीपल भ्रमण भिषामा आएका एक नेपाली युवा तीन महीनाको प्रारम्भीक बसाइ सकेपछि पुनश्च भिषा थप्नका लागि इन्डोनेशियाको बाली पुगेका हुन्। तर बालीवाट फर्कदै गर्दा उनि अध्यागमनको नियन्त्रणमा पुगे । त्यसैगरि यो हप्तापनि अर्को एक नेपाली युवती बालीवाट सिड्नी फर्कने क्रममा पक्राउ परेकी हुन्।

एक बर्षे मल्टीपल भिषा पाएपछि अध्यागमनले एक पटकमा तीन महिनाको बसाइको लागि मात्र अनुमती दिने हुनाले नजिकको अर्को देश गएर फर्कने र अरु तीन महिना भिषा थप्ने काम गरिदै आएको थियो ।

अहिले नेपाल बिद्यार्थीको अस्ट्रेलियन शैक्षिक बर्गिकरणमा तेस्रो स्थानमा झरेको छ। अहिले अस्ट्रेलिया केहि मानव तस्करको आँंखामा पनि कमाइखाने भाडोको रुपमा देखिन थालेको छ ।

कार्यक्रम, मेला महोत्सवका नाममा मानवतस्करी गरेर पैसा कमाउने ठुलै गिरोह सक्रिय रहेको देखिन्छ। अहिले रकडेल, अर्वनमा त्यस्ता नेपालवाट कलाकारीताका नाममा आएर यतै भागेकाहरु प्रसस्तै भेटिन्छन्।