ज्ञानेन्द्र शाहसँग मिटिङ र हिमानीसँग कुराकानी - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

ज्ञानेन्द्र शाहसँग मिटिङ र हिमानीसँग कुराकानी



काठमाडौं- पछिल्लो समय पूर्व युवराज पारस साहसँग जोडिएर चर्चामा आएकी यूट्युबर सोनिका रोकायाले पारसले आफ्ना बुवा पूर्वराजा ज्ञानेन्द्र शाहसँग मिटिङ र पत्नी हिमानीसँग कुराकानी गर्ने गरेको बताएकी छन्।

पारस पत्रपत्रिकाले चित्रण गरेजस्तो खराब व्यक्ति नभएको सोनिकाको बुझाइ छ। यो खबर आज प्रकाशित भएको साप्ताहिकले छापेको छ।

‘पारस आफैँ सेल्फ स्टडी गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘जो युवा उहाँको संगतमा पुग्छ, बेस्ट मान्छे बन्छ।’ सोनिका पासरलाई पोलिटिक्सले घिनलाग्ने मान्छे बनाएको दाबी गर्छिन्।

पूर्व राजा ज्ञानेन्द्र र हिमानीसँग पनि पारसको सम्बन्ध सुमधुर रहेको उनको दाबी छ।

‘फ्यामिलीसँगको सम्बन्ध राम्रै देख्छु, सबै देखेको वा सुनेको कुरा मात्र सत्य हुँदैन। हिमानीसँग कुरा गरेकै, छोराछोरीसँग कुरा भएकै देखेकी छु,’ उनले भनिन्, ‘ड्याडी सोनिकासँग यस्तो समाचार आयो के हो भन्दै छोराछोरीले सोध्दा पारसले म जस्तै बाटो हराएकी केटी हो भनेर जवाफ दिएको म्यासेज मलाई नै देखाउनु भएको हो।’

आफूले कहिलेकाहीँ सोध्दा पारसले बुवासँग मिटिङमा भएको बताउने गरेको पनि सोनिकाले बताइन्।

‘बाहिर पनि भेटघाट र बैठकहरु भैरहेको हुन्छ। मेमिली ग्रुपमा गरेको म्यासेज पनि देखाउनु भएको छ,’ उनले थपिन्।