डोनाल्ड ट्रम्प भन्छन: भारतले अमेरिकालाई दुर्गन्धित बनायो - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

डोनाल्ड ट्रम्प भन्छन: भारतले अमेरिकालाई दुर्गन्धित बनायो



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वायु प्रदूषणको विषयमा भारतको आलोचना गरेका छन्।

भारतको दिल्लीसहित कैयौं क्षेत्रको वायु गुणस्तर खतरनाक स्तरमा पुगको छ। ट्रम्पले यही विषयलाई लिएर भारतको आलोचना गर्दै भारतको दुर्गन्ध अमेरिका आइरहेको बताए।

इकोनोमिक क्लब अफ न्युयोर्कमा सम्बोधन गर्दै ट्रम्पले भने,‘भारत, चीन र रुसको दुर्गन्ध उड्दै लस एन्जल्स पुग्दैछ।’

ट्रम्पले भारत, चीन र रुसले प्रदूषण नियन्त्रणमा ध्यान नदिएको आरोप लगाए।

यसअघि पनि ट्रम्पले प्रदूषणको विषयलाई लिएर यी देशहरुको चर्को आलोचना गरेका थिए।

उनले भारत, रुस र चीनमा स्वस्थ हावा र पानी नभएको बताएको थिए।

हालैका दिनमा भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको त्यहाँका स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन्।

बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन पुगेको थियो।

बुधबार त्यहाँको वायु प्रदुषणको मात्रा अघिल्ला दिनहरुका तुलनामा बढेको र हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको बताइएको थियो।

यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषण हो। एक्युआई ५०० पुग्नु भनेको हावामा प्रदुषित वस्तुको मात्रा अति खराब रुपमा रहनु हो।