लिम्पियाधुरा नेपालको हो भन्ने तीन प्रमाण - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

लिम्पियाधुरा नेपालको हो भन्ने तीन प्रमाण



काठमाडौं- पश्चिमी सीमा लिम्पियाधुरा हो भन्नेमा नेपालको अडान धमिलो छ। केही राजनीतिक नेताहरू र मन्त्रीसमेत लिपुलेकलाई सीमा मान्ने पनि छन्।

तर नेपालले तीन आधारमा पश्चिमी नाका लिम्पियाधुरा दाबी गर्न मिल्ने विज्ञहरूको भनाइ छ।

पहिलो– इस्ट–इन्डिया कम्पनी सरकारले प्रकाशित गरेको ऐतिहासिक नक्सा। दोस्रो– जन विज्ञान। तेस्रो– कुमाउ कमिसनरलाई पठाएको पत्र।यो जानकारी आज आइतबार प्रकाशित नेपाल साप्ताहिकले छापेको छ।

सन् १८१६ को सुगौली सन्धिअनुसार काली नदीको पूर्व नेपालको सीमा हो। त्यसको सुरुआत बिन्दु काली नदी हो, जसको मुहान लिम्पियाधुरा हो। ००९–०११ सालमा गरिएको गरिएको नेपालको पहिलो जनगणनाअनुसार ती क्षेत्रको तथ्यांकमा ४ सय ३२ घरधुरीमा १ हजार ८ सय १६ जनसंख्या थियो। वि.सं. ०१८ को जनगणनामा तत्कालीन जोनल अफिसरका रूपमा भैरव रिसालले कुटी, तिंकर, छाङरु, नभी, गुञ्जी र गब्र्याङ गाउँको तथ्यांक लिएका थिए।

सीमा अध्येता रतन भण्डारीका अनुसार महाकाली नदीको मुहान लिम्पियाधुरा भएको पुष्टि गर्ने आधिकारिक आधार इस्ट–इन्डिया कम्पनी र सर्भे अफ इन्डियाले प्रकाशन गरेका त्यतिबेलाका नक्सा हुन्। जस्तो, सुगौली सन्धि हुनुभन्दा २ महिनापहिला २ जनवरी १८१६ मा ब्रिटिस सम्राटका हाइड्रोग्राफरले प्रकाशन गरेको नक्सामा महाकाली नदीको मुहान लिम्पियाधुरा देखाइएको छ।