सेना परिचालन गर्ने सरकारको निर्णय - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

सेना परिचालन गर्ने सरकारको निर्णय



काठमाडौँ- सरकारले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ।

हालै बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार जानकारी दिए ।

मंसिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।