सन्धिखर्कको कार दुर्घटनामा मृत्यु हुने तीन जनाकै सनाखत
अर्घाखाँची: सन्धिखर्कको नरपानीमा बुधबार बिहान भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृतक तीनजनाकै सनाखत पनि भएको छ।
मृत्यु हुनेमा रूपन्देही सैनामैना नगरपालिका–२ मुगृयाका ७० वर्षीया दुर्गादेवी खड्का, ४० वर्षीय तिलक खड्का र ४३ वर्षीय भक्तबहादुर खड्का रहेका छन्। दुर्घटनामा परी अन्य दुईजना घाइतते भएका छन्। घाइते हुनेमा सोही ठाँउका ४९ वर्षीय गंगाबहादुर खड्का र २८ वर्षीय विनोद खड्का रहेका छन्।
घाइतेलाई ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ। रूपन्देहीबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटना भएको हो। फाइल तस्बिर