उम्मेदवारको छान्ने जिम्मा देउवालाई - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

उम्मेदवारको छान्ने जिम्मा देउवालाई



काठमाडौं- उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवाले पाएका छन् । नेपाली कांग्रेसका शीर्ष नेताहरुले आगामी मंसिर १४ को निर्वाचनको उम्मेदवार छान्न देउवालाई अधिकार दिएका हुन् ।

आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउने सर्वाधिकार पार्टी सभापति देउवालाई दिएको हो। सोपश्चात् बैठकस्थल देउवा निवासबाट शीर्ष नेताहरु बाहिरिएका छन्।

यसअघि मंगलबार बसेको पदाधिकारी बैठकमा कुनै सहमति नजुटेपछि सभापति देउवाले आजलाई बैठक बोलाएका थिए। मंगलबार १० घन्टाभन्दा बढी समय बैठक बसे पनि कुनै टुंगोमा पुग्न सकेको थिएन।

सभापति देउवाले आजै उम्मेदवारको टुंगो लगाउने बताइएको छ। देउवा निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गरी उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी भइरहेको एक नेताले बताए।

प्रतिनिधिसभाअन्तर्गत कास्की-२ सहित भक्तपुर, बागलुङ र दाङका प्रदेशसभा सदस्य उम्मेदवारको नाम सभापति देउवाले एकल निर्णयमार्फत सार्वजनिक गर्नेछन्।