यसो भन्छन् रौतहट विस्फोटका साक्षीहरू
(काठमाडौं) र (रौतहट) । रौतहट विस्फोट घटनाका प्रत्यक्षदर्शीले कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमकै योजनामा घाइतेहरूलाई इँटाभट्टामा हालेको बयान दिएका छन् । घाइतेहरूलाई बोरामा हालेर त्यसको मुख थुनिएको र बोरा इँटाभट्टाभित्र राखिएको प्रत्यक्षदर्शीहरूले प्रहरीसँगको बयानमा भनेका छन् ।
साक्षी १
बम विस्फोटबारे गाउालेबाट गाइागुइा सुनेको थिएा । घटनाको भोलिपल्ट इाटाभट्टा पुगेका बेला भाइलाई सोधें । उसले चुपचाप काम गर्ने, अरु कुरा हाम्रो चासोको विषय होइन भनेर जवाफ दियो । भाइसागै बद्री सहनी, मुक्ति साह र कृष्ण मुखिया थिए । उनीहरुले मुखामुख गरे तर केही बोलेनन् । इाटा बोकेर म्यान (इँटा पोल्ने ठाउँ) नजिक पुग्दा अस्वाभाविक रुपमा गहुाको भुसा छरपस्ट देखें । त्यसपछि फेरि भाइलाई सोधें । उसले अचानक विस्फोट हुादा ठूलो मानवीय क्षति भएको बतायो । त्यसमा केही मानिसको मृत्यु र केही सख्त घाइते भएको पनि सुनायो । घाइते भएकालाई राति ट्र्याक्टरमा लोड गरी आफताब आलम, महताब आलम, शेख भदई, मोबिन आलम, शेख सेराजलगायतले इाटा पकाउने भुङ्ग्रोमा हालेका थिए रे ।
साक्षी २
बद्री सहनी आलमका छिमेकीको राजा इाटाभट्टामा काम गर्ने हेड मिस्त्री हुन् । उनी प्रायः रातको समयमा इाटाभट्टामा ड्युटीमा रहन्थे । विस्फोटपछि आलमका दाजुभाइले बद्रीलाई बोलाएर घाइते र मृतकलाई भट्टामा जलाउन सहयोग गर्न आग्रह गरेका थिए ।
साक्षी ३
म मस्त निद्रामा थिएा । ट्र्याक्टरको आवाज र मानिसको खैलाबैलाले मध्यरातमा ब्युाझिएा । उठेर हेर्दा मसागै काम गर्ने मिस्त्रीसहित आलमको डफ्फा देखें । ट्र्याक्टरमा जुटको बोरा देखें । आलमको टोलीले मलाई ठूलो स्वरमा गाली गर्दै भाग् भन्यो । बोराभित्र रहेका मानिसलाई पालैपालो निकाल्दै इाटा पोल्ने भुङ्ग्रोमा हालिएको थियो । केही बोराको पोको चलमलाएको देखिन्थ्यो । करिब ३ घण्टापछि सबै जना गाउा फर्के ।
साक्षी ४
आलम दलबलसहित मेरो घरमा आएका थिए । उनीहरुले विस्फोट भएको घर मर्मत गरी पहिलेको जस्तै बनाइदिन भने । मैले नमानेपछि ‘परिवार नै सिध्याइदिने’ धम्की दिए । त्यसपछि एक भारतीय नागरिकको सहयोगमा इद्रिसको घरगोठ मर्मत गरिदिएा । त्यहाा गाईबस्तुले खाने भुस राख्यौं । पुराना घरबाट माकुराको जालो ल्याएर छानोमा लगायौं ।
घाइते
मेरा कान, घााटी र छातीमा छर्रा लागेको थियो । अरु घाइतेलाई मार्न थालेपछि ज्यान जोगाउन म सकिनसकी भाग्दाभाग्दै बेहोस भएछु । होस आउादा भारत सीतामढी सदर अस्पतालमा थिएा । त्यतिबेला मेरो पिसाब नली, नाक, मलद्वारमा पाइप लगाइएको थियो । अनुहार, घााटी, छातीमा पट्टी बााधिएको थियो ।
आजको कान्तिपुरमा खबर छ–आलमको त्रासका कारण यसअघिको अनुसन्धानमा खुल्न नसकेका प्रत्यक्षदर्शी र साक्षीले सिलसिलेवार रूपमा घटनाबारे जानकारी गराएका हुन् । स्थानीय प्रहरी कार्यालयका तत्कालीन प्रमुखसम्मले घटना भएको बयान गरेका छन् । घटनामा परेका घाइते, मृतकलाई जिउँदै इँटाभट्टामा हाल्दाका प्रत्यक्षदर्शी र आलमका काका शेख इद्रिसको क्षतिग्रस्त घरगोठ मर्मत गर्ने कामदारलाई सरकारी वकिलको कार्यालयले साक्षीका रूपमा पेस गरेको छ । घटना लुकाउन क्षतिग्रस्त घर मर्मत गरिएको, घाइतेलाई ज्युँदै आगोमा हालिएको र मृतकको शव नष्ट गरिएको व्यहोराको प्रमाण प्रहरीले जुटाएको हो ।
जिल्ला अदालत रौतहटबाट प्राप्त मिसिलको प्रतिलिपिअनुसार त्यतिबेला इँटाभट्टामा काम गरेका पहिलो साक्षी (सुरक्षाका कारण सबैको नाम गोप्य राखिएको) ले घटनाको भोलिपल्ट इँटाभट्टा गएको स्विकारेका छन् । उनले बम विस्फोट भएकोबारे गाइँगुइँ सुनेकाले उद्योगमा पुगेर भाइलाई घटनाबारे सोधेका थिए । उनले भाइबाट ‘चुपचाप काम गर्ने, अरू कुरा हाम्रो चासोको विषय होइन’ भन्ने जवाफ पाए ।
उनको भाइको साथमा रहेका बद्री सहनी, मुक्ति साह र कृष्ण मुखियाले मुखामुख गरेका थिए तर केही बोलेनन् । प्रहरीले सहनी र साहमाथि ज्युँदा मान्छेलाई बोरामा पोको पारेर भट्टामा हालेको आरोपसमेत लगाएको छ ।
पहिलो साक्षीको बयानअनुसार इँटा बोकी म्यान (इँटा पोल्ने ठाउँ) नजिक पुग्दा अस्वाभाविक रूपमा गहुँको भुसा छरपस्ट देखेपछि उनले फेरि भाइलाई जिज्ञासा राखेका थिए । जवाफमा भाइले घटनाको अवस्था बताउँदै अचानक विस्फोट हुँदा ठूलो मानवीय क्षति भएको बताएका थिए । उनका अनुसार केही मानिसको मृत्यु भएको थियो भने केही सख्त घाइते थिए । घाइते भएकालाई २७ गते राति ट्र्याक्टरमा लोड गरी आलम, महताब आलम, शेख भदई, मोबिन आलम, शेख सेराजलगायत हिन्दी भाषा बोल्ने नचिनिएका अन्य ३/४ जनासमेतले इँटा पकाउने भुङ्ग्रोमा जिउँदै पालैपालो हालेका थिए । ती साक्षीले करिब दुई साताअघि मात्रै प्रहरीलाई थप विवरण बुझाएका हुन् । त्रासका कारण उनी प्रहरी संरक्षणमा छन् ।
बद्री सहनी आलमका छिमेकीको राजा इँटाभट्टामा काम गर्ने हेड मिस्त्री हुन् । उनी प्रायः रातको समयमा इँटाभट्टामा ड्युटीमा रहन्थे । विस्फोटपछि आलमका दाजुभाइले बद्रीलाई बोलाएर घाइते र मृतकलाई भट्टामा जलाउन सहयोग गर्न आग्रह गरेका थिए । रातको साढे १२ देखि १ बजेको अवधिमा उनीहरूलाई इँटाभट्टामा पोलिएको अनुसन्धानबाट खुलेको छ । दोस्रो साक्षीले बद्रीलाई समेत घटनामा संलग्न भएको भनी बयान दिएका छन् ।
इँटाभट्टामै काम गर्ने तेस्रो साक्षी घटना भएको रात मस्त निद्रामा थिए । मध्यरातमा ट्र्याक्टरको आवाज र मानिसको खैलाबैलाले उनी जागे । उठेर हेर्दा सँगै काम गर्ने मिस्त्रीसहित आलमको डफ्फा देखे । उनले ट्र्याक्टरमा जुटको बोरा ल्याएको देखेको र आलमको टोलीले आफूलाई ठूलो स्वरमा गाली गरेर भाग्न आदेश दिएको बताएका छन् । उनका अनुसार बोरामा ल्याइएका मानिसलाई पालैपालो निकाल्दै इँटा पोल्ने भुङ्ग्रोमा हालिएको थियो । ‘बोराको पोको चलमलाएको देखिन्थ्यो,’ उनले भनेका छन् । करिब ३ घण्टापछि सबै जना गाउँ फर्केका थिए । इन्सेकको प्रतिवेदनमा अर्का एक प्रत्यक्षदर्शीको भनाइ समावेश छ । उनको बयानबाट पनि घटनाको सिलसिला मिलेको देखिन्छ । अर्का साक्षी ओहिद मियाँका अनुसार घटना भएको दिन बिहान ६ बजे उनी आफ्नो गाउँको मस्जिदको चौतारामा बसिरहेका थिए । उनले आलमले मोटरसाइकल चलाएको, बीचमा ओसी अख्तर बसेको र पछाडि शेख सराज बसी नजिकैबाट पश्चिम लागेको बताएका थिए ।
प्रहरीले जुटाएको चौथो साक्षीले पूर्वमन्त्री शेख इद्रिसको भत्किएको घरगोठ मर्मत गरेका थिए, जसमा बम विस्फोट भएको थियो । उनका अनुसार १५/१६ जना घाइतेमध्ये केहीको कान थिएन भने केहीको टाउको क्षतविक्षत थियो । केहीको हातखुट्टामा गम्भीर चोट थियो । घटना गुपचुप बनाएको करिब एक सातापछि आलम दलबलसहित चौथो साक्षीको घर पुगेका थिए । उनीहरूले विस्फोट भएको घर मर्मत गरी पहिलेको जस्तै बनाइदिन उनलाई आग्रह गरेका थिए । उनले नमानेपछि ‘परिवार नै सिध्याइदिने’ धम्की दिए । त्यसपछि चौथो साक्षीले अर्का एक भारतीय नागरिकको सहयोगमा इद्रिसको घरगोठ मर्मत गरिदिए । उनले बयानमा भनेका छन्, ‘भत्किएको घरगोठ मर्मत गरी गाईबस्तुले खाने भुस राखेर त्यसपछि अन्य पुराना घरबाट माकुराको जालो ल्याई छानोमा जालो लगाई घटनास्थल परिवर्तन गरे/गराएको हुँ ।’
मानव अधिकार आयोगको प्रतिवेदनमा भनिएको छ, ‘घटनापछि गाईगोठमा पूर्वतिर नयाँ गारो लगाएको देखियो । घरको छानामा नयाँ र पुरानो खबटाले फेरि मर्मत गरेकाले गाह्रो र दिवाल चर्केको थियो । विस्फोटस्थलको जमिनमा भुस राखिएको छ ।’ आयोगले घटनास्थलसहित १० वटा घर हेर्दा प्रमाण नष्ट गरिएकाले विस्फोट भएका कुनै लक्षण, चिह्न र प्रमाण प्राप्त हुन नसकेको जनाएको थियो ।
घटनास्थलको अवलोकन गरेको मानव अधिकार आयोगको टोलीले जिल्लाका प्रशासन र सुरक्षा निकायका प्रतिनिधिसँग छलफल गरेको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारी, सशस्त्र प्रहरीका रौतहट उपरीक्षक रामकृष्ण लामा, प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहितको टोलीले विस्फोटको आवाज नजिकबाट सुनेको थियो । विस्फोट नभएको भए त्यही दिन राति फायरिङ जुलुस निकाल्ने योजना रहेको र त्यसका लागि करिब ५० वटा मोटरसाइकल तम्तयार अवस्थामा रहेको खुल्यो । आलमले मतदानस्थल वरपर विस्फोट गराई नतिजा आफ्नो पक्षमा पार्ने योजना बनाएका थिए । तर अचानक विस्फोट भएपछि उनी प्रमाण लुकाउन सक्रिय भए । घटनास्थलमा कोही जान पाएन । घटनास्थलमा प्रहरी परिचालन गरियो । आयोगको टोलीलाई सशस्त्रले दिएको प्रतिक्रियामा भनिएको थियो, ‘रातभर गाउँ सर्च गर्दा पनि घटनास्थलमा कुनै प्रमाण फेला पार्न सकिएन ।’ तर घटना लुकाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका स्थानीय अधिकृतहरू एकमत रहेको पाइएको छ ।
घटनाका एक घाइते (जसलाई पाँचौं साक्षी भनिएको छ) को स्वास्थ्य जाँच प्रतिवेदनले उनी विस्फोटबाट घाइते भएको पुष्टि गरेको छ । त्यही समय भारतको मोतिहारीस्थित अस्पतालमा उपचार गरेको अर्को प्रमाणसमेत छ ।
अर्का एक घाइतेलाई पनि जिउँदै जलाउन तयारी अवस्थामा राखिएको थियो । उनले भागेर ज्यान जोगाए र पछि उनको उपचार भयो । अर्का घाइतेको भनाइमा विस्फोटबाट उनका दुवै कान, घाँटी र छातीमा बमको छर्रा लागेको थियो । अरू घाइतेलाई ज्युँदै मार्न थालेपछि ज्यान जोगाउन उनी सकिनसकी भागेका थिए । केही पर पुगेपछि उनी बेहोस भए । होस आउँदा भारत विहारको सीतामढी सदर अस्पतालमा आफूलाई पाएको उनले बताएका छन् । उनले भनेका छन्, ‘मेरो पिसाब नली, नाक, मलद्वारमा पाइप लगाइएको थियो । अनुहार, घाँटी, छातीमा पट्टी बाँधिएको थियो ।’
प्रहरीले करिब साढे २ सय जनाको बयान, प्राप्त प्रमाण र अनुसन्धानका क्रममा तयार भएको मिसिलको विवरण जिल्ला अदालतमा बुझाएको छ । करिब आठ सय पृष्ठभन्दा लामो आरोपपत्रसहितको प्रतिवेदनमा आलमले ‘पोलिग्राफ’ परीक्षणमा सामेल हुन इन्कार गरेको उल्लेख छ । जिल्ला अदालत रौतहटमा आलम लगायतको बयान सोमबार सुरु भइसकेको छ । बयानपछि आलमको ‘थुनेछक बहस’ हुनेछ । कान्तिपुरमा समाचार छ