ज्ञानेन्द्रको कप्तानीमा पहिलो खेल: नेपालको सहज जीत - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

ज्ञानेन्द्रको कप्तानीमा पहिलो खेल: नेपालको सहज जीत



काठमाडौं-नेपाली चिनियाँ राष्ट्रिय क्रिकेट टोलीले विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरीलिबन क्रिकेट क्लब-एमसीसीसँगको मैत्रीपूर्ण एक दिवसीय खेलमा पाँच विकेटको जीत हात पारेको छ। कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले दिएको २ सय २ रनको लक्ष्य नेपालले ३७ ओभर ३ बलमा पाँच विकेट गुमाएर पूरा गर्‍यो।

बिनोद भण्डारी-अभिजितले ५२ रन बनाए, यसैगरी अभिजित राना– पवन सराफले पनि ३८ रन जोडे। नेपालको पालीमा दिपेन्द्र सिंह ऐरीले २४ र आरिफ शेखले २३ रन बनाए।

पहिला व्याटिङ्ग गरेको एमसीसी ४९ ओभर ३ बलमा २०१ रनमा अल आउट भएको थियो । पवन सराफ र ललितनारायण राजवंशीले ४४ विकेट लिए। यस खेलमा पारस खड्का, सन्दिप लामिछाने र सोमपाल कामी नेपाली टोली थिएनन्।

यसअघि आइतबार भएको पहिलो मैत्रीपूर्ण खेलमा एमसीसीले नेपालको यू–१९ राष्ट्रिय टोलीलाई ३८ रनले हराएको थियो। एमसीसीले अब नेपालको सिनियर राष्ट्रिय टोलीसँग तीन दिवसीय स्वरुपको प्रथम श्रेणी क्रिकेट खेल्नेछ।