प्रदेश प्रमुख चयन हुँदै, को को बन्लान नयाँ प्रमुख ? - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

प्रदेश प्रमुख चयन हुँदै, को को बन्लान नयाँ प्रमुख ?



काठमाडौं- आइतबार सरकारले सात प्रदेशकै प्रमुख हटाएपछि अनेक अड्कल काटिएका बेला प्रमुख चयन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ।

केहीबेर अघि वालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको सचिवालय बैठकले ७ वटा प्रदेश प्रमुखको चयन गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

गत आइतबार मन्त्रीपरिषदको निर्णयानुसार तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो ।

सचिवालय बैठक लगत्तै मन्त्री परिषद बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रदेश प्रमुखहरू को को बन्लान भन्ने चर्चा र अनुमान भएपनि केहीबेरमा नाम सार्वजनिक हुनसक्ने स्रोतले जनाएको छ ।