फेसबुकमा भाइरल GRATULA के हो ? - यस्तो छ वास्तविकता - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

फेसबुकमा भाइरल GRATULA के हो ? – यस्तो छ वास्तविकता



काठमाडौं- फेसबुकमा भाइरल भैरहेको शब्द ग्राटुला GRATULA बारे सबैलाई भ्रम परिरहेको छ । अहिले यसको आतंक नै मच्चिएको छ ।

फेसबुक प्रयोगकर्ताहरू सधैजस्तै यो पल्ट पनि झुक्किएका छन् । धेरैले आफ्नो वालमा पेस्ट गर्ने हतारो गरिरहेको GRATULA शब्द रातो हुँदैमा शुरक्षित हुने होइन र यो कुनै फेसबुकका मालिकले बनाएको शब्द पनि होइन ।

केहि समय अगाडी चलेको BFF जस्यै आतंक हो । फेसबुकका संस्थापकले एउटा शब्द बनाएको रे GRATULA अनि त्यो शब्द कमेन्टमा लेख्दा रातो आयो भने तपाईँको फेसबुक ह्याक नभएको अनि कालो भयो भने चाहिँ ह्याक भएको भनेर लेखिएको छ। यो गलत हो। रातो आउनु र नआउनुले फेसबुक ह्याक भएको वा नभएकोसित कुनै सम्बन्ध राख्दैन।

GRATULA हङ्गेरी भाषाको शब्द हो। यसको अर्थ बधाई भन्ने हुन्छ। जसरी बधाई कमेन्टमा लेख्दा रातो हुने गर्छ, त्यसरी नै उस्तै अर्थ दिने हङ्गेरी भाषाको शब्द भएको हुनाले GRATULA लेख्दा पनि रातो हुने गरेको हो।

एक नेपालीले मजाकको लागि बनाएको फेसबुकको त्यो पोस्ट अहिले भैरह भैरहेको छ ।