धनगढीका मेयर नृप बहादुरका छोरा पक्राउ - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

धनगढीका मेयर नृप बहादुरका छोरा पक्राउ



धनगढी: धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडका छोरालाई प्रहरीले पक्राउ गरेको छ। कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मेयरका २० वर्षे छोरा निखिले वडले धनगढी–५ बस्ने पारस जोशीलाई इटा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

वडलाई बिहीबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मेयरका छोराको कुटाइबाट घाइते भएका जोशीको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।

फोटो: नेपाल न्युज