बाल बाटिका क्रीकेट कपको उपाधी लिटिल फ्लावरलाई - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

बाल बाटिका क्रीकेट कपको उपाधी लिटिल फ्लावरलाई



बौनिया ,कैलाली ।
बाल बाटिका क्रीकेट लिगको उपाधी लिटिल फ्लावर धनगढीले उचालेको छ । आज भएको फाईनल खेलमा लिटिल फ्लावर धनगढीले आयोजक बाल बाटिका लाई ४२ रनले पराजित गर्दै उपाधी उचाल्न सफल भएको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको लिटिल फ्लावर धनगढीले निर्धारित २० ओभर खेल्दै अल आउट हुदै १ सय १० रन बनाउन सफल भएको थियो । लिटिल फ्लावरलाई ११० रनमा रोक्ने क्रममा बाल बाटिकाका बसन्त ठाकुरले ४ र पारस भुलले ३ बिकेट लिन सफल भएका थिए । लिटिल फ्लावरका लागी नरेन भट्ट ले २० रनको योगदान गरेका थिए ।

१ सय ११ रनको बिजय लक्ष्य लिएर मैदान आएको बाल बाटिका १७.३ ओभर खेल्दै अल आउट हुदै ६८ रन मात्र बनाउन सक्यो र ४२ रनको हार ब्यहोर्दै उपाधी चुम्न बाट बन्चित भएको हो । बाल बाटिकालाई सस्तैमा रोक्ने क्रमम लिटिल फ्लावरका दिपक रोकायाले ३.३ ओभर मा १० रन खर्चिदै ५ बिकेट लिन सफल भएका थिए । यसै गरि प्रकश बडुले ४ ओभरमा १३ रन खर्चिदै ३ बिकेट लिन सफल भएका थिए । ५ बिकेट लिएका लिटिल फ्लावरका दिपक रोकाया ‘म्यान अफ द म्याच’ बन्न सफल भए ।

लिटिल फ्लावरले उपाधी उचालेसंगै नगद १ लाख १ हजार सहित ट्रफी उचाल्न सफल भयो र उपबिजेता बनेको बाल बाटिकाले ५१ हजारमा चित्त बुझाउन बाध्य भएको हो ।
यसै गरि प्रतियोगिता भरिकै उत्कृष्ट खेलाडी आर एम ई टिकापुरका खेलाडी अभिशेक खत्री बन्न सफल भए र नगद १० हजार सहित ट्रफी हात पार्न सफल भए भने प्रतियोगीताको उत्कृष्ट ब्याट्सम्यान लिटिल फ्लावरका नरेन भट्ट बन्दै नगद ५ हजार हात पार्न सफल भए भने उत्कृष्ट बलर लिटिल फ्लावरकै प्रकाश बडु बन्न सफल भए र उनले नगद ५ हजार हात पारे ।

यस्तै प्रतियोगिता को उदयिमान खेलाडी बाल बाटिकाका लाल बहादुर बिक बन्न सफल भए र नगद २ हजार ५ सय हात पार्न सफल भए । यस्तै प्रतियोगिता भरिको सबै भन्दा बढी छक्का प्रहार गर्ने आर एम ई टिकापुरका बिपिन साउद बने र नगद २ हजार ५ सय हात पार्न सफल भए ।

क्रीकेट प्रतियोगिताको एक समारोहका बिच समापन गरिएको छ । बाल बाटिकाका संस्थापक देव मल्लको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिका अध्यक्ष बलिराम डगौरा थारु रहेका थिए । यसै गरि बिशिस्ट अतिथिमा गाउपालिका उपाध्यक्ष भगवती डगौरा थारु रहेकी थिइन् ।

विद्यालयका प्रिन्सिपल प्रमोद मल्लले धन्यवाद मन्तव्य राक्दै आगामी बर्षमा प्रतियोगिता को धनराशिमा वृद्धि गर्दै प्रथम पुरस्कार २ लाख २१ हजार र द्दितिय पुरस्कार १ लाख २ हजार पुगाउने घोषणा गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष जयरुप खतिवडा ,भेखु चौधरी,करने सुनार,नेकपा अध्यक्ष राम बहादुर साउद,नेपाली काङ्ग्रेसका बर्दगोरिया सचिब देवानन्द जोशी लगाएत बिभिन्न संघ संस्था र क्लबका पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रम को संचालन विद्यालयका अनुशासन प्रमुख हर्क ओडले गरेका थिए ।