लिटिल फ्लावर र आर.एम.इ सेमिफाइनलमा प्रवेश - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

लिटिल फ्लावर र आर.एम.इ सेमिफाइनलमा प्रवेश



बाैनिया,कैलाली ।

कैलालीको बर्दगाेरिया गाउपालिका- ४ मुडा बजारमा जारी बाल बाटिका क्रिकेट लिग २०७६ का क्वाटरफाइनल खेलहरु सुरु भएका छन् ।

बुधबार भएको दिनको पहिलो तथा प्रतियोगिता काे दाेस्राे क्वाटरफाइनल खेलमा लिटिल फ्लावर धनगढी ले उज्यालो शिक्षा सदन लम्कि लाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । साे खेलमा ४ अाेभरमा १० रन खर्चिदै ३ विकेट लिने लिटिल फ्लावरका राेशन चन्द म्यान अफ द म्याच घाेषित भए ।

दिनको दाेस्राे तथा प्रतियोगिता काे तेस्रो क्वाटरफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै पानसदिप स्कुल लम्किले निर्धारित २० अाेभरमा ६ विकेट गुमाउँदै ९९ रन जाेड्न सफल भएको थियोे । उसका लागि भुपेस बस्नेत ले ३७ बलमा २ चाैकाकाे मदतमा नट अाउट २५ रन बनाउदा राेशन बमले ८ रनको याेगदान गरेका थिय । अार.एम.इ का बलरहरुले साे खेलमा ४२ रन अतिरिक्त काे रुपमा खर्च गरेका थिय । बलिङतर्फ अार.एम.इ का लाेकेश तिमिल्सिनाले ४ अाेभरमा १५ रन खर्चिदै २ विकेट लिदा बिपिन साउदले १ विकेट लियका थिय ।

१०० रनको विजयी लक्ष्य लियर मैदान प्रवेश गरेको अार.एम.इ ले निर्धारित २० अाेभर मध्ये १७.२ अाेभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हाे । उसको जितमा शैलेस रावलले ४१ बलमा २ चाैकाकाे मदतमा २३ रन बनाउदा अनमाेल शाहीले १७ र अमित टमट्टाले १४ बलमा १ छक्का र २ चाैकाकाे मदतमा १५ रनको याेगदान गरेका थिय । बलिङतर्फ पानसदिपका हेमन्त प्याकुरेलले ४ अाेभरमा २७ रन खर्चिदै ३ विकेट लियका थिय । साे खेलमा ४ अाेभरमा १५ रन खर्चिदै २ विकेट लिने अार.एम.इ का लाेकेश तिमिल्सिना म्यान अफ द म्याच घाेषित भए ।

यस्तै बिहिबार अन्तिम क्वाटरफाइनल तथा पहिलाे सेमिफाइनल खेल हुने अायाेजक बिधालय का संस्थपक तथा प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारी दिनु भएको छ । अन्तिम क्वाटरफाइनल खेलमा कालिका माध्यमिक बिधालय नाैनिया र क्याम्ब्रिज स्कुल वलिया प्रतिस्पर्धा गर्दा पहिलो सेमिफाइनलमा अार.एम.इ स्कुल टिकापुर र लिटिल फ्लावर धनगढी प्रतिस्पर्धा गर्नेछन् ।

असाेज २६ गते बाट सुरुमा भएको प्रतियोगिता कार्तिक ९ गते सम्पन्न हुनेछ । प्रतियोगिताकाे बिजेताले १ लाख १ हजार पुरस्कार पाउदा उप विजेताले ५१ हजार पुरस्कार प्राप्त गर्नेछन् ।