आयोजक घोडाघोडी र स्टार सिटि धनगढीबिच आज प्रतिस्पर्धा - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

आयोजक घोडाघोडी र स्टार सिटि धनगढीबिच आज प्रतिस्पर्धा



विशाल पाण्डेय / सुखड
‘प्रथम आमन्त्रीत घोडाघोडी कप- २०७६’ फुटबल प्रतियोगिता अन्तरगत आज आयोजक घोडाघोडी क्लब ‘रातो’ सुखड र निशर्ग हस्पिटल एण्ड स्टार सिटि धनगढी बिच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको फाइनलमा पुग्नको लागि घोडाघोडी र स्टार सिटि बिच आज दिउँसो २ बजे प्रतिस्पर्धा हुने भएको आयोजकले जनाएको छ ।

आज विजयी हुने टिमले फाइनलमा सहारा क्लब पहलमानपुरसंग प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ । आइतबार सहाराले स्पोर्ट्स स्कुल फुटबल एकेडेमी दाङलाई सडन डेथमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गराएको थियो । आज हुने खेलमा नेपालका विभिन्न क्लबहरुमा आवद्ध रहेर खेलिरहेका खेलाडी तथा विदेशी खेलाडीहरु पनि मैदानमा देख्न सकिने आयोजकले जनाएको छ ।

घोडाघोडी क्लबको आयोजनामा सुखडको खेल मैदानमा जारी प्रतियोगिताको बिजेताले २ लाख १ सय १ र उप–विजेताले १ लाख १ सय १ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक, गोलकर्ता र उदयमान खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

खेलाडीहरुको हौसला बढाउन र खेलको मनोरञ्जन लिनको लागि प्रतियोगिताको अवलोकन गर्न सम्पुर्ण खेलप्रेमीहरुलाई आयोजक घोडाघोडी क्लबले आग्रह समेत गरेको छ ।