बाल बाटिका क्रिकेट : कालिका,लिटिल फ्लावर र आर.एम.इ विजयी - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

बाल बाटिका क्रिकेट : कालिका,लिटिल फ्लावर र आर.एम.इ विजयी



बौनिया,कैलाली । कैलालीको बर्दगाेरिया गाउपालिका -४ मुडा बजारमा जारी बाल बाटिका क्रिकेट लिग २०७६ काे अाठाैं दिन कालिका माध्यमिक बिधालय नाैनिया,लिटिल फ्लावर धनगढी र अार.एम.इ स्कुल टिकापुरले जित दर्ता गरेका छन् ।

आजको पहिलो खेलमा कालिका माध्यमिक बिधालय नाैनियाले ब्राइट फ्युचर लम्कि लाई ६४ रनकाे फराकिलो अन्तरले हरायो । साे खेलमा ३९ बलमा ४ चाैका र १ छक्का काे मदतमा ४२ रन प्रहार गर्दै भरत खड्का साे खेलका म्यान अफ द म्याच घाेषित भएका थिए ।

त्यस्तै आज भएको दाेस्राे खेलमा लिटिल फ्लावर धनगढीले विसड्म एकेडेमी बेलाैरि लाई ३९ रनको फराकिलो अन्तरले हरायो । साे खेलमा ३३ बलमा ५ चाैका र १ छक्का काे मदतमा ४१ रन प्रहार गर्दै म्यान अफ द म्याच नरेन भट्ट घाेषित भएका थिए ।

त्यसैगरी आजको अन्तिम खेलमा अार.एम.इ टिकापुरले नाता एकेडेमी लम्कि लाई विकेटले पराजित गरेको छ ।टस जितेर पहिले ब्याटिङ गरेकाे नाता एकेडेमी लम्किले निर्धारित १५ अाेभरमा १० विकेट गुमाउँदै ४९ रनमा समेटियो । जुन प्रतियोगिता काे अहिले सम्मकै कम स्काेर समेत हाे । ब्याटिङ तर्फ नाताका कुनै पनि ब्याटस्म्यानमा दाेहाेराे अंकमा रन जाेडेनन। बलिङतर्फ अार.एम.इ का कृष्ण शाहीले ३ अाेभरमा ७ रन खर्चिदै ३ विकेट लिदा अभिषेक खत्री र पारस बाेहराले समान २-२ विकेट लियका थिय ।

५० रनको विजयी लक्ष्य लियर मैदान उत्रिएको अार.एम.इ ले निर्धारित १५ अाेभर मध्य ६.१ अाेभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै ७ विकेटको जित दर्ता गरेको हाे । ब्याटिङ तर्फ अार.एम.इ टिकापुरका अभिषेक खत्रीले २१ बलमा १ चाैका र १ छक्का काे मदतमा नट अाउट २१ रन प्रहार गरेका थिए । साे खेलमा अार.एम.इ का अभिषेक खत्री म्यान अफ द म्याच घाेषित भएका थिए।

प्रतियोगिता अन्तरगत दसौं दिन सोमबार लिग चरणका अन्तिम दुई खेल सञ्चालन हुने अायाेजक बिधालयका प्रिन्सिपल तथा प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारी दिएका छन् । असाेज २६ गते बाट सुरु भएको प्रतियोगिता कार्तिक ९ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा कैलाली र कञ्चनपुरका गरि १६ वटा सामुदायिक र संस्थागत बिधालय हरुकाे सहभागिता रहेको छ । प्रतियोगिताकाे विजेताले नगद १ लाख १ हजार पुरस्कार पाउँदा उप विजेता ले पुरस्कार स्वरुप ५१ हजार प्राप्त गर्नेछन् ।