बुटवलबाट दिल्ली जाँदै गरेको बस दुर्घटना: ड्राइभर निदाएपछि ट्रकमा ठोक्कियो - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

बुटवलबाट दिल्ली जाँदै गरेको बस दुर्घटना: ड्राइभर निदाएपछि ट्रकमा ठोक्कियो



नयाँ दिल्ली- नेपाली यात्रुहरू बोकेको भारतीय बस लखनउमा दुर्घटना भएको छ । शनिवार बुटवलबाट दिल्लीको लागि छुटेको बस आइतबार बिहान दुर्घटना भएको जनाइएको छ ।

सुपा देवी देउराली यातायातको युपी १७ एटी ४७५५ नम्बरको भारतीय नम्बर प्लेटको बस दुर्घटनामा दुई दर्जन बढी यात्रु घाइते भएको जानकारी प्राप्त भएको छ।

बसमा ५० जना भन्दा बढी नेपाली यात्रु रहेका थिए । घटनाबारे प्रहरीले सूचना पाउनेबित्तिकै घाइतेहरुलाई एम्बुलेन्सको सहयोगमा लोहिया अस्पताल पुर्‍याइएको थियो । 

बस ट्रकसँग ठोक्किएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा टेकबहादुर, धनकुमारी थापा, अनिता थापा, तारा, प्रेम, मुमादेवी थापा, नविन थापा, नन्दु, चरण विष्ट, सुनिता विष्ट लगायत घाइते भएका छन् । 

ड्राइभर निदाएको कारण बस ट्रकसँग ठोक्किएको यात्रुले बताएका छन् ।