परराष्ट्रमन्त्री महत तीन दिने भ्रमणका क्रममा भारतको राजधानी नयाँ दिल्लीमा - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

परराष्ट्रमन्त्री महत तीन दिने भ्रमणका क्रममा भारतको राजधानी नयाँ दिल्लीमा



ईन्द्र्कमल जैरु  /नयाँ दिल्ली माघ ३ 

परराष्ट्रमन्त्री डा प्रकाशशरण महत तीन दिने भ्रमणका क्रममा भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ। भूराजनीति सम्बन्धी एक सम्मेलनमा भाग लिन नयाँ दिल्ली पुग्नु भएका परराष्ट्रमन्त्री डा महतलाई भारतीय विदेश मन्त्रालयका संयुक्त सचिव सुधकर डलेलाले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो।

परराष्ट्रमन्त्री महतलाई नेपाली जन सम्पर्क समिति भारतका उत्तर भारत महासचिव रुद्रबहादुर मल्ल, केन्द्रीय सदस्य टेकबहादुर छेत्री र शाखा अध्यक्ष रतनबहादुर शाहीले फूलमाला लगाएर स्वागत गर्नु भएको थियो। भारतीय विदेश मन्त्रालय र भारत सरकार नजिक रहेको थिङट¬ाङक अब्जरभर रिसर्च फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेको राइसना डाइलगमा भाग लिन डा महत सोमबार दिल्ली पुग्नु भएको हो।

सो सम्मेलनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा ६०  भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहने छ। भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा महतले भारतीय अर्थमन्त्री अरुण जेट्लीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसै गरी भारतीय विदेश राज्यमन्त्री एम जे अकबरले महतलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ। अमेरिकाको एक कार्यक्रममा सहभागी भएर दिल्ली पुग्नु भएका परराष्ट्रमन्त्री डा महतका साथमा पत्नी बिना महत र विदेश मन्त्रालयका रामहरी थापा हुनुहुन्छ।