सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८६)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
अथ सप्तदशोऽध्यायः
अर्जुन उवाच
ये शास्त्रविधिमुत्सृज्य
यजन्ते श्रद्धयान्विताः।
तेषां निष्ठा तु का कृष्ण सत्त्वमाहो रजस्तमः।।१।।
सोध्छन् अर्जुन
भक्तिसाथ, कतिले देवादि पुज्छन् तर
छोड्छन् शास्त्रविधान, ती पुरुषको कुन हो स्थिति अच्युत ।
तिन्को सात्त्विक, राजसी कि अथवा हो तामसी नै स्थिति
कुन् हो ? जान्न मलाई चाह छ हरे ! भन्नोस् न खुल्ने गरी।।१।।
श्रीभगवानुवाच
त्रिविधा भवति श्रद्धा देहिनां सा स्वभावजा।
सात्त्विकी राजसी चैव तामसी चेति तां शृणु।।२।।
सत्त्वानुरूपा सर्वस्य श्रद्धा भवति भारत।
श्रद्धामयोऽयं पुरुषो यो
यच्छ्रद्धः स एव सः।।३।।
भन्नुभो अनि कृष्णले
विजयको सन्देह जाने गरी
श्रद्धा तीन् थरि बन्छ सत्त्व रज तम् यी तीन् गुणले गरी।
जस्तो हुन्छ स्वभाव त्यै किसिमको श्रद्धा पनि बन्दछ
श्रद्धा जुन् छ पुरुष् पनि पछि गई त्यै रूपको बन्दछ।।२।।
यजन्ते सात्त्विका
देवान्यक्षरक्षांसि राजसाः।
प्रेतान्भूतगणांश्चान्ये यजन्ते तामसा जनाः।।४।।
सात्त्विक् मानिस सौम्य
हुन्छ उसले देवादि नै पुज्दछ
राजस् पुज्दछ यक्ष राक्षस, स्वयम् आफैँ पनि धृष्ट छ।
रूखो, निर्दय ज्ञानहीन र अति क्रोधी छ त्यो तामस
उस्ले मान्दछ भूतप्रेतगण औ तिन्लाई नै पुज्दछ।।३।।
अशास्त्रविहितं घोरं
तप्यन्ते ये तपो जनाः।
दम्भाहंकारसंयुक्ताः कामरागबलान्विताः।।५।।
कर्षयन्तः शरीरस्थं भूतग्राममचेतसः।
मां चैवान्तःशरीरस्थं तान्विद्ध्यासुरनिश्चयान्।।६।।
आसक्ति अनि कामनाहरू लिई
दम्भादिले दृप्त भै
गर्छन् शास्त्र निषिद्ध घोर तप जो हुन् आसुरी ती सबै।
आफ्नू स्थूल शरीर मात्र नभई त्यस्भित्रको मैतक
आतङ्कित् बनिने गरी कठिन तप् गर्ने असुर् हुन् सब।।४।।
आहारस्त्वपि सर्वस्य
त्रिविधो भवति प्रियः।
यज्ञस्तपस्तथा दानं तेषां भेदमिमं शृणु।।७।।
आयुःसत्त्वबलारोग्यसुखप्रीतिविवर्धनाः।
रस्याः स्निग्धाः स्थिरा हृद्या आहाराः सात्त्विकप्रियाः।।८।।
आहारै पनि हुन्छ तीन्
किसिमकै पात्रानुसारै बुझ
यज्ञादि तपदान तीन थरिकै छन् भेद तिन्का सुन।
आयु, बुद्धि र स्वास्थ्य, बल्, सुख तथा आनन्दका वर्धक
चिल्ला औ रसिला मिठा र अडिला खाद्यान्न हुन् सात्विक।।५।।
(क्रमशः)