सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८५)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
आत्मसंभाविताः स्तब्धा
धनमानमदान्विताः।
यजन्मे नामयज्ञैस्ते दम्भेनाविविपूर्वकम्।।१७।।
अहंकारं बलं दर्पं कामं क्रोधं च संश्रिताः।
मामात्मपरदेहेषु प्रद्विषन्तोऽभ्यसूयका।।१८।।
आफैआफ छ औ हठी छ, धन
औ मान्ले सधैँ मत्त छ
ढीटो भै विधिहीन यज्ञ उसले नाममात्रको गर्दछ।
बल्, तृष्णा र घमण्ड, रोष यीसँगै आसुरहरू बाँच्तछन्
अर्कामा पनि आफुमा पनि हुने मेरो घृणा गर्दछन्।।१३।।
तानहं द्विषतः
क्रूरान्संसारेषु नराधमान्।
क्षिपाम्यजस्रमशुभानासुरीष्वेव योनिषु।।१९।।
आसुरीं योनिमापन्ना मूढा जन्मनि जन्मनि।
मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम्।।२०।।
द्वेषी, क्रूर, अधम्
ती आसुर पुरुष्लाई म हे अर्जुन !
जाक्ने गर्दछु पापयोनिहरूमा सब् पाप भोगाउन।
पाई जन्म अनेक पल्ट यसरी त्यै आसुरी योनिमा
झर्छन् मूख मलाई भेट्न नसकी झन्-झन् अधम् योनिमा।।१४।।
त्रिविधं नरकस्येदं
द्वारं नाशनमात्मनः।
कामः क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत्।।२१।।
एतैर्विमुक्तः कौन्तेय तमोद्वारैस्त्रिभिर्नरः।
आचरत्यात्मनः श्रेयस्ततो याति परां गतिम्।।२२।।
आफ्नू नाश गराउने
नरकका छन् पार्थ ! तीन् कारण
काम, क्रोध र लोभ हुन् र यिनको त्याग् गर्नु हो उत्तम।
जो जोगिन्छ सधैँ सखे नरकका यी तीन कारण्सित
उस्ले गर्दछ आफ्नु मङ्गल अनि उत्तम् गति पाउँछ।।१५।।
यः शास्त्रविधिमृत्सृज्य
वर्तते कामकारतः।
न स सिद्धिमवाप्नोति न सुखं न परां गतिम्।।२३।।
तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्यव्यवस्थितौ।
ज्ञात्वा शास्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि।।२४।।
जस्ले शास्त्रविधान
छोडी मनले जे भन्छ त्यै गर्दछ
त्यस्तो व्यक्ति न सिद्ध बन्छ, न त ऊ सख्-सद्गति भेट्तछ।
कार्याकार्य बुझाई निर्णय दिनेछन् शास्त्र तिम्रा अघि
जानी शास्त्रविधान कर्म तिमीले गर्नू उचित् हो त्यही।।१६।।
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे दैवासुरसंपद्विभागयोगो नाम षोडसोऽध्यायः।।१६।।
(क्रमशः)