सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८४)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
चिन्तामपरिमेयां च
प्रलायन्तामुपाश्रिताः।
कामोपभोगपरमा एतावदिति निश्चिताः।।११।।
आशापाशशतैर्बद्धाः कामक्रोधपरायणाः।
ईहन्ते कामभोगार्थमन्यायेनार्थसञ्चयान्।।१२।।
मर्दासम्म नछोडिने
किसिमका निःसीम चिन्ता लिई
कामैको उपभोग हो अति ठूलो आदर्श भन्ने बुझी।
अल्झेका अनगिन्ति आशहरूमा भोगादिमै व्यस्त छन्
कामै भोग निमित्त धन् यिनीहरू अन्यायले जोड्दछन्।।९।।
इदमद्य मया लब्धमिमं
प्राप्स्ये मनोरथम्।
इदमस्तीदमपि मे भविष्यति पुनर्धनम्।।१३।।
असौ मया हतः शत्रुर्हनिष्ये चापरानपि।
ईश्वरोऽहमहं भोगी सिद्धोऽहं
बलवान्सुखी।।१४।।
पाएँ आज यति, मनोरथ
पनि बन्नेछ पूरा सब
यो ता हातमहाँ छँदै छ अरू धन् मिल्नेछ फेरी अब।
यौटा शत्रु त मारियो अरू पनि मार्नेछु चाँडै अब
मालिक् हूँ, बलियो छु सिद्ध र सुखी भोगी पनि छू म त।।१०।।
आढ्योऽभिजनवास्मि
कोऽन्योऽस्ति सदृशो मया।
यक्ष्ये दास्यामि मोदिष्य इत्यज्ञानविमोहिताः।।१५।।
धन् दौलत् छ प्रशस्त
औ मसँग छन् नोकर् तथा चाकर
बन्धू-बान्धव, इष्ट-मित्र पनि छन् केको कमी पो छ र ?
मै नै सक्तछु यज्ञ गर्न अनेक् दानादि गर्छू अब
मै आनन्द लिँदै छु यस् किसिमका अज्ञानले मोहित।।११।।
अनेकचित्तविभ्रान्ता
मोहजालसमावृताः।
प्रसक्ताः कामभोगेषु पतन्ति नरकेऽशुचौ।।१६।।
नाना दुर्लभ
कामनाहरूमहाँ अज्ञानपन्ले गरी
अल्झेका अतिमोहले विषयमा आसक्त कामी भई।
जो हुन् आसुर व्यक्ति पार्थ ! ती सबै पर्छन् गई आखिर
साह्रै नै अपवित्र दुःखद नरक् जो छन् तिनैमा तल।।१२।।
(क्रमशः)