सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८२)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
अथ षोडशोऽध्यायः
श्रीभगवानुवाच
अभयं सत्त्वसंशुद्धिर्ज्ञानयोगव्यवस्थितिः।
दानं दमश्च यज्ञश्च स्वाद्यायस्तप आर्जवम्।।१।।
आज्ञा भो अनि कृष्णको
सुन सखे जो भन्छु लाई मन
दैवी सम्पदयुक्त योगी जनका भन्दै छु क्यै लक्ष्यण।
केही डर् नलिनु र सात्त्विक हुनु, ज्ञानी र योगी हुनु
दानी, इन्द्रियनिग्रही, ऋजु हुनु, स्वाध्यायमा मन दिनु।।१।।
अहिंसा
सत्यमक्रोधस्त्यागः शान्तिरपैशुनम्।
दया भूतेष्वलोलुप्त्वं मार्दवं ह्री वीरचापलम्।
गर्नु यज्ञ तपादि,
क्रोध नलिनु, पाल्नु अहिंसा व्रत
प्राणीमात्रमहाँ दया लिनु, हुनु त्यागी र शान्तिप्रिय।
त्याग्नु लोभ र सत्यनिष्ठ रहनु, छोड्नु, छुल्याहापन
बन्नु नम्र र लाज मान्नु, नलिनु उद्दण्ड चञ्चल्पन।।२।।
तेजः क्षमा धृतिः
शौचमद्रोहो नातिमानिता।
भवन्ति संपदं दैवीमभीजातस्य भारतः।।३।।
दम्भो दर्पोऽभिमानश्च क्रोधः पारुष्मेव च।
अज्ञानं चाभिजातस्य पार्थ संपदसासुरीम्।।४।।
राख्नू धैर्य,
पवित्र बन्नु, सहनु, तेजस्वी बन्नू अनि
अद्रोही र घमन्डशून्य बनिनु हुन् दिव्य सम्पद् यिनी।
सेखी, छल्, अभिमान, रिस् परुषता, अज्ञान इत्यादिक
हुन् है पार्थ ! रजोगुणी प्रकृतिका सब् आसुरी सम्पद।।३।।
दैवी संपद्विमोक्षाय निबन्धायासुरी
मता।
मा शुचः संपदं दैविमभिजातोऽलि पाण्डव।।५।।
द्वौ भूतसर्गौ लोकेऽस्मिन्दैव आसुर एव च।
दैवो विस्तरशः प्रोक्त आसुरं पार्थ मे शृणु।।६।।
दैवी सम्पद मोक्षदायी
छ भने बन्धन् दिने आसुरी
दैवी सम्पदयुक्त छौ किन तिमी शोक् गर्दछौ यस्तरी।
दैवी आसुरी यी दुवै प्रकृतिका छन् जीव संसारमा
दैवीको यही रूप छ आसुरी पनि भन्दै छु सङ्क्षेपमा।।४।।
(क्रमशः)