सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८१)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
अंह वैश्वानरो भूत्वा
प्राणिनां देहमाश्रितः।
प्राणापानसमायुक्तः पचाम्यन्नं चतुर्विधम्।।१४।।
बस्छू प्राण, अपान
वायु सँग ली सब् प्राणीका देहमा
पाचक् अग्नि बनी पकाउँछु म नै सब् खाद्य हर्दम् त्यहाँ।
जो हुन् खाद्य चबाइने र चुसिने प्युने तथा चाटिने
ती चारै म पकाउँछु जठरमा बल्दै रही नित्य नै।।१०।।
सर्वस्य चाहं हृदि
संनिविष्टो मत्तः स्मृतिर्ज्ञानमपोहनं च।
वेदैश्च सर्वैरहमेव वेद्यो वेदान्तकृद्वेदविदेव चाहम्।।१५।।
यस्ता रीत्सितले म
पार्थ सबका हृद्देशमा बस्तछु
मैद्वारा स्मृति, बोध, नाश, सब यी बन्छन् नियामक म छु।
सारा वेदहरूको म वेद्य हुँ तथा हूँ वेदवेत्ता पनि
हूँ वेदान्त बनाउने पनि म नै यो तथ्य जाने तिमी।।११।।
द्वाविमौ पुरुषौ लोके
क्षरश्चाक्षर एव च।
क्षरः सर्वाणि भूतानि कूटस्थोऽक्षर उच्यते।।१६।।
क्षर् औ अक्षर नामका
दुई पुरुष् छन् लोकमा विश्रुत
क्षर् हो नाश हुने र नाश नहुने अक्षर् भनी ख्यात छ।
नासिन्छन् सब लोक किन्तु कहिल्यै नासिन्न त्यो ईश्वर
त्यस्ले भूत जगत् सबै क्षर भयो, जीव् चैँ भयो अक्षर।।१२।।
उत्तमः पुरुषस्त्वन्यः
परमात्मेत्युदाहृतः।
यो लोकत्रयमाविश्य बिभर्त्यव्यय ईश्वरः।।१७।।
यस्मात्क्षरमतीतोऽहमक्षरादपि चोत्तमः।
अतोऽस्मि लोके वेदे च प्रथितः पुरुषोत्तमः।।१८।।
अर्को एक छ हेर उत्तम
पुरुष् नाउ परब्रह्म हो
त्यो हो अव्यय ईश पालन गरी त्यो वस्छ सब् लोकको।
प्राणीदेखि पृथक् छु उत्तम म छु त्यो जीवभन्दा पनि
त्यस् कारण् म हूँ पार्थ ! उत्तम पुरुष् वेद्मा र लोक्मा पनि।।१३।।
यो मामेवमसंमूढो
जानाति पुरुषोत्तमम्।
स सर्वविद्भजति मां सर्वभावेन भारत।।१९।।
इति गुह्यतमं शास्त्रमिदमुक्तं मयानघ।
एतद्बुद्ध्वा बुद्धिमान्स्यात्कृतत्यश्च भारत।।२०।।
जस्ले पार्थ ! मलाई
यस् स्वरूपको उत्तम् पुरुष मान्दछ
त्यो सर्वज्ञ कहिन्छ पूर्ण रूपले मैलाई ऊ भज्दछ।
यो अत्यन्त निगूढ शास्त्र यसरी मैले सुनाएँ यहाँ
यो जाने कृतकृत्य बन्दछ पुरुष् मन् स्थिर् भई साम्यमा।।१४।।
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे पुरुषोत्तमयोगो नाम पञ्चदशोऽध्यायः।।१५।।
(क्रमशः)