अर्घाखाँचीका विवशको भारतमा मृत्यु - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

अर्घाखाँचीका विवशको भारतमा मृत्यु



नयाँ दिल्ली : अर्घाखाँचीका एक युवाको भारतमा मृत्यु भएको छ । रोजगारीका लागि भारत पुगेका अर्घाखाँचीका विवश कुँवरको मृत्यु भएको हो।

१९ वर्षीय विवश कुँवर मालारानी गाउँपालिका–५ बाँगी, भण्डारा गौराका भएको बताइएको छ । विवश हरियाणा राज्यको फरिदाबादको एक होटलमा काम गर्दै आएका थिए। फरिदाबादमा मामासँगै बस्दै आएका विवशलाई एक सातादेखि सामान्य ज्वरो आएको थियो।

उनी घरको छतमा निस्केको बेला रिंगटा लागेर बेहोस भएका थिए। तत्काल उपचारका लागि स्थानीय मेट्रो अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु घोषणा गरेको परिवारले जनाएको छ। विवशको शव आवश्यक प्रक्रिया पुर्‍याएर परिवारको जिम्मा लगाएको जनाइएको छ ।

विवशका बुवाको निधन भइसकेको छ। होटल सञ्चालकले विवशको शव नेपालसम्म लैजाने एम्बुलेन्स लगायत क्रिया खर्च दिने बताएको छ। विवशकी आमालाई आजीवन तीन हजार भारतीय रुपैयाँ मासिक खर्च उनका मामामार्फत दिने गरी सहमति गरेको बताइएको छ।