सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७९)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
अथ पञ्चदशोऽध्यायः
श्रीभगवानुवाच
ऊर्ध्वमूलमधःशाखमश्वत्थं प्राहुरव्ययम्।
छन्दांसि यस्य पर्णानि यस्तं वेद स वेदवित्।।१।।
आज्ञा भो अनि कृष्णको
सुन सखे ! एकाग्र भै मन् दिई
यो संसार छ वृक्षवत् त्यही कुरो भन्छू म खुल्ने गरी।
यस्को फेद उँभो छ तल्तिर अनेक् हाँगा पत्रादि छन्
यो अश्वत्थ कहिन्छ, अव्यय छ यो, वेदज्ञले जान्दछन्।।१।।
अधश्चोर्ध्वं
प्रसृतास्तस्य शाखा गुणप्रवृद्धा विषयप्रबालाः
अधश्च मूलान्यनुसंततानि कर्मानुबन्धीनि मनुष्यलोके।।२।।
हाँगा त्यस् रूखका
उँभो अनि उँधो छन् फैलिएका अति
ती बढ्छन् गुणले तथा विषयका छन् पालुवा हल्हली।
त्यस्का कर्मस्वरूप् जरा तल पनि झर्छन् सखे फैलिई
पुग्छन् हेर मनुष्यलोकतक यी झन्-झन् उँधै भासिई।।२।।
न रूपमस्येह
तथोपलभ्यते नान्तो न चादिर्न संप्रतिष्ठा।
अश्वत्मेनं सुविरूढमूलमसङ्गशस्त्रेण दृढेन छित्त्वा।।३।।
जस्तो वर्णन भो त्यसै
किसिमको पाइन्न त्यस्को रूप
यस्को आदि र अन्त्य छैन न दह्रो आधार नै प्राप्य छ।
यस्ले खूब दह्रो गरीकन जरा गाडीसकेको हुँदा
काट्नुपर्छ असङ्गरूप् खुकुरीले यस्लाई मिल्काउँदा।।३।।
ततः पदं तत्परिमार्गितव्यं
यस्मिन्गता न निवर्तन्ति भूयः।
तमेव चाद्यं पुरुषं प्रपद्ये यतः प्रवृत्तिः प्रसृता पुराणी।।४।।
यस् सृष्टिक्रमको भयो
सुरु अघि जस्बाट त्यो धन्य हो
जान्छु आदिम त्यै पुरुष्तिर भनी सङ्कल्प राखी दिघो।
खोज्नूपर्दछ त्यस पछाडि तल त्यो जस्मा पुगेको जन
फेरी फर्किई आउँदैन म त्यहीँ पुग्छु भनी मन्मन।।४।।
(क्रमशः)