शीर्ष स्थानमा उक्लियो रियल मड्रिड - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

शीर्ष स्थानमा उक्लियो रियल मड्रिड



एजेन्सी– रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा ओसासुनालाई २–० गोल अन्तरले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन भेनीसीएस जुनियर र रोड्रीगोले समान एक–एक गोल गरे ।

सान्टियागो बेर्नाबेउमा खेलको ३६ औं मिनेटमा जुनियरले गोल गर्फ्दै रियललाई अग्रता दिलाएका थिए । खेलको ७२ औं मिनेटमा रोड्रीगोले गोल गर्दै रियललाई २–० को जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले ६ खेलबाट १४ अंक जोडेको छ । ओसासुनाको ६ खेलमा ७ अंक रहेको छ ।

रियल एट्लेटिको मड्रिडलाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । एट्लेटिकोको ६ खेलमा १३ अंक रहेको छ ।