बार्बाडोजमा चम्किए सन्दीप: देखाए कमाल - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

बार्बाडोजमा चम्किए सन्दीप: देखाए कमाल



एजेन्सी : क्याराबिन प्रिमियर लिग(सीपीएल) अन्तर्गत सोमबार (नेपाली समय मंगलाबार बिहान) को खेलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने उत्कृष्ट बलिङ गरेका छन्। हाल खेलमा सन्दीप आवद्ध टोली बार्बाडोज ट्रिडेन्सले जमैका टेल्लवाससँग प्रतिस्पर्धा गरिरहेको छ।

बार्बाडोजले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको जमैकाले २० ओभरमा सबै विकेट गुमाएर १२७ रन जोड्जे क्रममा सन्दीपले उत्कृष्ट बलिङ गरे। ४ ओभरमा उनले जम्मा १७ रन दिएर महत्वपूर्ण २ विकेट लिए।

पाँचौ ओभरमा बलिङमा आएका सन्दीपले ८ बलमा १३ रन बनाएर खेलिरहेका चाडविक वाल्टन क्याचआउट गराए। यस ओभरमा सन्दीपले ३ रन दिए।

९औं ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपले ५ रन दिएर १ विकेट लिए। चौथो बलमा ड्वेन स्मीथलाई जस्टिन ग्रिब्सबाट क्याच गराए। यसपछि सन्दीपले १६औं ओभरमा ५ रन र १८औं ओभरमा ६ रन दिए।

सन्दीपको टोली बार्बाडोज अहिले १२८ रनको लक्ष्य पछ्याउँदै जित हात पार्न संघर्षरत छ। १६ ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको छ। सन्दीपले यस सिजनको सीपीएलका ६ खेल खेल्दा ८ विकेट लिएका छन्।