करिश्मा बनिन मिसेस नेपाल इन्टरनेसनल - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

करिश्मा बनिन मिसेस नेपाल इन्टरनेसनल



काठमाडौं। अभिनेत्री करिश्मा मानन्धर रिवन इन्टरटेन्मेन्ट प्रालिबाट शनिबार बेलुका काठमाडौंमा एक समारोहबीच मानार्थ मिसेस नेपाल इन्टरनेसनल उपाधिबाट सम्मानित भएकी छन् ।

सोही समारोहमा ‘मिसेस नेपाल इन्टरनेसनल २०१९’को उपाधि सुदूरपश्चिम महेन्द्रनगरकी भाविषा कोइराला चटौतलाई पाँचांै मिसेस नेपाल इन्टरने्सनलको उपाधि प्रदान गरियो ।

३० महिलाबीच भएको सो प्रतियोगितामा भाविषाले उपाधिसँगै स्कुटर र विभिन्न उपहार पाइन् । यस्तै, महोत्तरीकी चिकित्सक रंगीना ‘नेपाल इन्टरनेसनल २०१९’ घोषित भइन् । भाविषा र रंगीनाले सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने आयोजक पक्षले जनाएको छ ।

सो प्रतियोगितामा रोजिना भट्टराई फस्र्ट रनरअप, स्नेहा राउत थापा सेकेन्ड रनरअप, शबनम खरेल थर्ड रनरअपर, शिल्पी गुप्ता फोर्थ रनरअप घोषित भए ।

यस्तै, कुश्मा देवी खाँड मल्ल पपुलर, आश्मा तामाङ पब्लिक च्वाइस, सुशीला श्रेष्ठ क्रियटिभ, सरस्वती बुढाथोकी बेस्ट स्किन, रूपा शाह बेस्ट हेयर, इन्दिरा राना ब्युटिफुल स्माइल, सन्ध्या घिमिरे मल्टिमिडिया च्वाइस, एलिजा महत बेस्ट भ्युज, सिर्जना पाण्डे ट्यालेन्टेड, प्रतिमा ज्ञवाली म्यानेजमेन्ट च्वाइस, बिना जोशी चन्द ब्युटीफुल, प्रतिमा मल्ल बेस्ट डान्सर, नम्रता शर्मा ऐक्टिभ, सबिना चालिसे कंजिनियलिटी, निरा तामाङ सोसल्ली, सुशीला भट्ट फोटोजेनिक र विमला केसी लेडी विथ पर्पस घोषित भए ।

आश्विनी झाको कोरियोग्राफी र निशुकान्त झाको निर्देशनमा सम्पन्न सो कार्यक्रममा पत्रकार विदुर गिरी, शिक्षाविद् पूर्ण लामा, गायक सीताराम पोखरेल र मिस नेपालका आयोजक गोपाल सुन्दरलाल कक्षपतिलाई सम्मान गरिएको थियो ।