प्रमोद खरेलको आवाजमा दशै तिहार बिशेष गीत 'परदेशी आएन' (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

प्रमोद खरेलको आवाजमा दशै तिहार बिशेष गीत ‘परदेशी आएन’ (भिडियो सहित)



समीर प्रकाश पाण्डे

एस.एस. डिजिटलको प्रस्तुतिमा लाखौ परदेशीको पिडामा आधारित एउटा कारुणिक कथामा तयार पारिएको सुरज गैह्रे बिबशको दशै तिहार गित “परदेशी आएन“ सार्बजनिक भयको छ।

परदेशीलाई याद दिलाउन मार्मिक सङ्गितमा तयार पारियको यस गीतका सङ्गितकार हुन सन्तोष के.सि.। जसको गितकार हुन सुरज गैह्रे बिबश भने स्वर लोकप्रिय गायक प्रमोद खरेलको रहेको छ । प्रकाश धितालको निर्देशनमा तयार पारिएको यस भिडियोलाई अजय रेग्मिले छायांकन गरेका छन ।

बिकास दाहालको सम्पादकमा चर्चित कलाकार रमा थपलिया आमाको भुमिकामा देखिएकी छन् । मोडल मोनालिसा शर्मा,रमेश के.सि.,शरण पङ्गेनी, सन्जु अर्यालको अभिनय रहेको भिडियोलाई एस एस डिजिटलका प्रबन्धक निर्देशक सन्तोष के सि कै युट्युब मार्फत सार्बजनिक गरिएको छ ।