सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६३) - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६३)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

द्रोणं च भीष्मं च जयद्रथं च कर्णं तथान्यानपि योधवीरान्।
मया हतांस्त्वं जहि मा व्यथिष्टायुध्यस्व जेतासि रणे सपत्नान्।।३४।।

द्रोणाचार्य भए जयद्रथ भए ती भीष्म कर्णै तक
सारा वीरहरू मबाट अघि नै छन् मारिएका बुझ।
त्यस्ले पार्थ न मान पीर मनमा घातक् बनिन्छु भनी
जित्‍ने छौ रण यो अवश्य तिमीले त्यस्ले लडे है तिमी।।२५।।

सञ्जय उवाच
एतच्छुत्वा वचनं केशवस्य कृताञ्जलिर्वेपमानः किरीटी।
नमस्कृत्वा भूय एवाह कृष्णंसगद्गदं भीतभीतः प्रणम्य।।३५।।

भन्छन् संजय-पार्थले यति कुरा श्रीकृष्णजीका सुने
जोडी हात गरी प्रणाम थरथर क्यै बैर कामी रहे।
बारम्बार गरी प्रणाम मनमा राखेर केही भय-
भन्छन् अच्युत साथ फेरि पनि ती अर्जुन हुँदै गद्‌गद।।२६।।

अर्जुन उवाच
स्थाने हृषीकेश तव प्रकीर्त्या जगत्प्रहृष्यत्यनुरज्यते च।
रक्षांसि भीतानि दिशो द्रवन्ति सर्वे नमस्यन्ति च सिद्धसङ्घा।।३६।।

हे ईश्वर प्रभुका चरित्रहरूको कीर्तन जहाँ चल्दछ
सारा लोक प्रसन्न बन्छ र त्यही श्रद्धा लिई झुक्तछ।
सारा राक्षस वर्ग भाग्दछ त्यहाँदेखि भयाकुल भई
श्रद्धायुक्त भएर सिद्धहरूले ढोग्छन् त्यहाँ नै झुकी।।२७।।

कस्माच्च ते न नमेरन्महात्मन् गरीयसे ब्रह्मणोप्यादिकर्त्रे।
अनन्त देवेश जगन्निवास त्वमक्षरं सदसत्तत्परं यत्।।३७।।

ब्रह्माको पनि आदि कारण हजुरलाई नढोगुन् किन
सर्वश्रेष्ठ अनन्त हो हजुर नै भन्छन् श्रुतिका गण।
देवैको पनि देवता हजुर हो यस् विश्वको नाथ हो
जुन् चित्त् तत्त्व छ सत् असत् पर त्यही चित्तत्व नै नाथ हो।।२८।।

(क्रमशः)