सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-५७) - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-५७)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

अध्याय एघार

श्री परमात्मने नमः


अर्जुन उवाच
मदनुग्रहाय परमं गुह्यमध्यात्मसञ्ज्ञितम्।
यत्त्वयोक्तं वचस्तेन मोहो
यं विगतो मम।।१।।
भवाप्ययौ हि भूतानां श्रुतौ विस्तरशो मया।
त्वत्तः कमलपत्राक्ष माहात्म्यमपि चाव्ययम्।।२।।

भन्छन् पार्थ ममा अनुग्रह गरी जुन् गोप्य अध्यात्मको
शिक्षाभो त्यसले प्रभो हृदयको अज्ञान पर्दा हट्यो।
उत्पत्ति प्रलयादि यस् जगतको विस्तारपूर्वक सुनेँ
त्यस् साथै प्रभुको अनन्त महिमा जानेर गद्‌गद् भएँ।।१।।

एवमेतद्यथात्थ त्वमात्मानं परमेश्वर।
द्रष्टुमिच्छामि ते रूपमैश्वरं पुरुषोत्तम।।३।।
मन्यसे यदि तच्छक्यं मया द्रष्टुमिति प्रभो।
योगेश्वर ततो मे त्वं दर्शयात्मानमव्ययम्।।४।।

जस्तोछु भनी आफुलाई प्रभुले आज्ञा भयो सत्य हो
मेरो त्यै रूप हेर्न नाथ अहिले इच्छा प्रवल् भै उठ्यो।
मैले दर्शन गर्न सम्भव भए त्यस् रुपको अच्युत
हे योगीश मलाई त्यै स्वरुपको दर्शन दिनोस् लौ अब।।२।।

श्रीभगवानुवाच
पश्य मे पार्थ रूपाणि शतशोथ सहस्रशः।
नानाविधानि दिव्यानि नानावर्णाकृतीनि च।।५।।
पश्यादित्यान्वसून्‍रुद्रानश्विनौ मरुतस्तथा।
बहून्यदृष्टपूर्वाणि पश्याश्चर्याणि भारत।।६।।

आज्ञा भो अनि कृष्णबाट यहीँ नै नौ हेर अर्जुन अब
नाना आकृतिका अनेक रंगका मेरा हजारौँ रुप।
छन् आदित्य, मरुत र रुद्र, वसुगण औ अश्विनी छन् यहाँ
छन् अद्‌भुत र असंख्य आकृतिहरू मेरा यसै रुपमा।।३।।

इहैकस्थं जागत्कृत्स्रं पश्याद्य सचराचरम्।
मम देहे गुडाकेश पञ्चान्यद्‌द्रष्टुमिच्छसि।।७।।
न तु मां शक्यसे द्रष्टुमनेनैव स्वचक्षुषा।
दिव्यं ददामि ते चक्षुः पश्य मे योगमैश्वरम्।।८।।

एकै ठाउँ यहाँ चराचर जगत् लौ हेर एकत्रित
चाहन्छौ तिमी देख्‍न जे जति सबै मेरै शरीर भित्र छ।
सक्तैनौ तिमी हेर्न यी नयनले त्यो विश्वरुप अर्जुन
त्यस्ले दिन्छु म दिव्य दृष्टि उसले देखिन्छु कस्तो छु म।।४।।

(क्रमशः)