सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-५२) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-५२)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

अथ दसमोध्यायः

श्रीभगवानुवाच
भूय एव महाबाहो शृणु मे परमं वचः।
यत्ते
ऽहं प्रीयमाणाय वक्ष्यामि हितकाम्यया।।१।।
न मे विदुः सुरगणाः प्रभवं न महर्षयः।
अहमादिर्हिं देवानां महर्षीणां च सर्वशः।।

आज्ञा भो अनि कृष्णबाट सुन हे कौन्तेय गुप्ती कुरो
प्रेमी हौ भनि हित् चिताइ अहिले भन्दै छु दुर्लभ् छ जो।
जान्दैनन् ऋषिगण् कि देवगणले उत्पत्ति मेरो रति
ती सब्‌कै पनि आदिकारण म हूँ त्यस्‌ले अगम् छु अति।।१।।

यो मामजमनादिं च वेत्ति लोकमहेश्वरम्।
असंमूढः स मर्त्येषु सर्वपापैः प्रमुच्यते।।३।।
बुद्धिर्ज्ञानमसंमोहः क्षमा सत्यं दमः शमः।
सुखं दुःखं भवोऽभावो भयं चाभयमेव च।।४।।

जस्‌ले चिन्छ मलाई लोकहरूको ईश्वर्, अजन्मा भनी
ज्ञानी त्यै जन हो र छुट्छ उही नै पापादिदेखि पनि।
बुद्धि, ज्ञान र दक्षता अनि क्षमा, शम्, दम् र सत्याश्रय
सुख्, दुःख्, जन्म र मृत्यु, डर् अभय यी जस्ता अनेकन्सँग।।२।।

अहिंसा समता तुष्टिस्तपो दान यशोऽयशः।
भवन्ति भावा भूतानां मत्त एव पृथग्विधाः।।५।।
महर्षयः सप्त पूर्वे चत्वारो मनवस्तथा।
मद्भावा मानसा जाता येषां लोक इमाः प्रजाः।।३।।

तुष्टि, कीर्ति, अयश् र दान, समता, त्यस्तै अहिंसा तप
हुन्छन् यी समभाव जीवहरूमा मैबाट नै निश्चित।
सप्तर्षि, सनकादि औ यीपछिका विख्यात चौधै मनु
मेरै मानसपुत्र हुन् र यिनकै यो सृष्टि हो सम्झनु।।३।।

एतां विभूतिं योगं च मम  वेत्ति तत्त्वतः।
सोऽविकम्पेन योगेन युज्यते नात्र संशय।।७।।
अहं सर्वस्य प्रभवो मत्तः सर्व प्रवर्तते।
इति मत्वा भजन्ते मां बुधा भावसमन्विताः।।८।।

मेरो यो महिमा र योग जसले राम्रो गरी जान्दछ
त्यो नै निश्चल ध्यान माध्यम गरी मैमा पुगी बस्तछ।
सब्‌को कारण म हूँ म नै जगत यो मैमाबाट हो स्पन्दित
यो जानेर मलाई विज्ञ जनले सम्झन्छ श्रद्धासँग।।४।।

(क्रमशः)