सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-४८) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-४८)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

न च मां तानि कर्माणि निबध्‍नन्ति धनंजय।
उदासीनवदासीनमसक्तं तेषु कर्मषु।।९।।
मयाध्यक्षेण प्रकृतिः सूयते सचराचरम्।
हेतुनानेन कौन्तेय जगद्विपरिवर्तते।।१०।।

वास्ता छैन मलाई कर्म फलको आसक्ति नै लिन्नँ म
त्यस्‌ले कर्म मलाई बाँध्‍न कहिल्यै सक्तैन है अर्जुन !
मैले शक्ति दिएर नै प्रकृतिले संसार जन्माउँछ
आफ्ना प्राक्तन कर्मले सब जगत् आवागमन् गर्दछ।।५।।

अवजानन्ति मां मूढा मानुषीं तनुमाश्रितम्।
परं भावमजानन्तो मम भूतमहेश्वरम्।।११।।
मोघाशा मोघकर्माणो मोघज्ञाना विचेतसः।
राक्षसीमासुरीं चैव प्रकृतिं मोहिनीं श्रिता।।१२।।

मानव्‌रूप हुँदा मलाई कतिले हेप्‍ने पनि गर्दछन्
मै हूँ अव्यय रूप ईश्वर भनी के बुझ्नु ती मूर्ख छन्।
जस्‌को व्यर्थ कर्म, ज्ञान अथवा आशा पनि व्यर्थ छ
ती हुन् भ्रामक आसुरी प्रकृतिमा अज्ञानले आश्रित।।६।।

महात्मानस्तु मां पार्थ दैवीं प्रकृतिमाश्रिताः।
भजन्त्यन्यमनसो ज्ञात्वा भूतादिमव्ययम्।।१३।।
सततं कीर्तयन्तो मां यतन्तश्च दृढव्रताः।।
नमस्यन्तश्च मां भक्त्या नित्ययुक्ता उपासते।।१४।।

दैवी सम्पदयुक्त जो छ उसले मेरो स्वरूप् चिन्दछ
त्यस्‌ले पार्थ ! अनन्य निष्ठ बनिई मैलाई ऊ जान्दछ।
मेरा भक्त दृढव्रती बनी सधैँ गर्छन् ठूलो यत्‍नले
मेरै मात्र उपासना, स्थिर भई कीर्तन् भजन् आदिले।।७।।

ज्ञानयज्ञेन चाप्यन्ये यजन्तो मामुपासते।
एकत्वेन पृथक्त्वेन बहुधा विश्वतोमुखम्।।१५।।
अहं क्रतुरहं यज्ञः स्वधाहमहमौषधम्।
मन्त्रो
हमहमेवाज्यमहमग्निरहं हुतम्।।१६।।

कोही भज्दछ ज्ञानयज्ञ विधिले एकत्व बुद्धि लिई
अर्को भज्छ विराट् स्वरूप मनमा भेद् बुद्धि बन्दा जयी।
मै हूँ श्रौत र स्मार्त कर्म, अनि हूँ मै नै स्वधा औषधी
मै हूँ मन्त्र र आज्य अग्नि पनि हूँ मै हूँ हवन्‌को विधि।।८।।

(क्रमशः)