‘साहो’ले तोड्यो बाहुबलीको रेकर्ड - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

‘साहो’ले तोड्यो बाहुबलीको रेकर्ड



एजेन्सी– बाहुबलीबाट एकाएक चर्चामा आएका प्रभासको अभिनय रहेको नयाँ चलचित्र ‘साहो’को चर्चा चुलिएको छ ।

प्रदर्शनको मिति नजिकिँदै जाँदा मल्टिस्टारर फिल्मलाई लिएर दर्शकहरुमा निकै उल्लास छाएको छ । यो फिल्म हिन्दी, तमिल र मलयालम गरी तीन भाषामा एकैसाथ रिलिज हुनेछ ।

‘साहो’लाई नर्थ इन्डियामा ४५०० वटा स्क्रिनमा रिलिज गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय मिडियाका अनुसार ‘साहो’ तामिलनाडुमा करिब ५५० वटा स्क्रिनमा रिलिज हुनेछ । यो भन्दा पहिले ‘बाहुबली–२’ राज्यका ५२५ वटा मात्रै स्क्रिनमा रिलिज भएको थियो ।

यसैबीच, ‘साहो’ को तेलुगू थियेट्रिकल राइट्स १२५ करोड भारतीय रुपियाँमा बिक्रि भएको छ । यसले पनि ‘बाहुबली–२’ को रेकर्ड तोड्न सफल भएको छ । राजामौलीको फिल्म ‘बाहुबली–२’ तेलुगू राइट्स १२२ करोड भारतीय रुपियाँमा विक्री भएको थियो ।