सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-३३)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
अथ षष्ठोऽध्यायः
श्रीभगवानुवाच
अनाश्रितः कर्मफलं कार्यं कर्म करोति यः।
स संन्यासी च योगी च न निरग्निर्न चाक्रियः।।१।।
आज्ञा गर्नुहुँदै छ कृष्ण जसले फल्को नली चाहना
नित्यै गर्छ स्वकर्म योगी उही हो सन्न्यासी यस् लोकमा।
त्याग्दै नित्य क्रिया र कर्म कहिल्यै बन्दैन योगी कुनै
सन्न्यासी न त्यो बनिन्छ उ त हो अल्छे अकर्मण्य नै।।१।।
यं संन्यासमिति प्राहुर्योगं तं विद्धि पाण्डव।
न ह्यसंन्यस्तसङ्कल्पो योगी भवति कश्चन।।२।।
आरुरुक्षोर्मुनेर्योगं कर्म कारणमुच्यते।
योगारूढस्य तस्यैव शमः कारणमुच्यते।।३।।
जो सन्न्यास भनिन्छ पार्थ ! त्यही नै हो योग भन्ने पनि
सब् सङ्कल्प नछाडी पूर्ण रूपले बन्दै योगी पनि।
योगारूढ बनिन्छ मानिस सखे ! निष्कामकर्मी भए
योगी भैकन शान्ति पाउँदछ ऊ सङ्कल्प त्यागी भए।।२।।
यदा हि नेन्द्रियार्थेषु न कर्मस्वनुषज्जते।
सर्वसंकल्पसंन्यासी योगारूढस्तदोच्यते।।४।।
उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः।।५।।
योगारूढ भनेर कर्म र सबै भोगादिमा निस्पृह
साधक्लाई भनिन्छ, बस्तछ भने सङ्कल्प छाडी सब।
आफ्नू उन्नति गर्नुपर्छ सबले आफैँ भई तत्पर
आफू नै रिपु हो र मित्र पनि हो आफ्नू भनी यो बुझ।।३।।
बन्दुरात्मात्मनस्तस्य येनात्मैवात्मना जितः।
अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत्।।६।।
जितात्मनः प्रशान्तस्य परमात्मा समाहितः।
शीतोष्णसुखदुःखेषु तथा मानापमानयो।।७।।
जस्ले इन्द्रियसाथ मन् वश गऱ्यो आत्मा छ उस्को सुहृद्
जो तिन्का वशमा छ जान उसको आत्मा छ है शत्रुवत्।
सुख् औ दुःख र शीत, उष्ण अथवा निन्दा, प्रशंसा पनि
एकै मान्छ तथा जितेन्द्रिय छ जो हो ब्रह्मज्ञानी पनि।।४।।
(क्रमशः)