तीज विशेष यस्तो बन्यो 'टुहुरी भान्जी'(भिडियो सहित) - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

तीज विशेष यस्तो बन्यो ‘टुहुरी भान्जी'(भिडियो सहित)



समीर प्रकाश पाण्डे

हिन्दु नारीहरूको पर्व हरितालिका तीज नजिकिँदै गर्दा पछिल्लो समय साङ्गीतिक बजार तीज गीतमय बनेको छ । नेपाली साङ्गीतिक क्षेत्रमा विगत लामो समयदेखि म्युजिक भिडियो निर्देशक तथा मोडल को परिचयले चिनिँदै आएकी किरियोग्राफर तथा निर्देशक स्मृति तिमिल्सिना गुरुआमाको विगत ३ वर्ष देखि भने गायिका को समेत पहिचान जोडिएको छ ।

दिदी भाइ नामक तीज गीतमा गायक तथा सर्जक खुमन अधिकारी सँग आफ्नो स्वर रेकर्ड गराएकी स्मृतिले अहिले पनि दिदी भाइ भाग ३ टुहुरी भान्जी भर्खरै मात्र गुरुआमा फिल्मस युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् ।

खुमन अधिकारी र स्मृति तिमिल्सिनाको आवाज रहेको यश गीतमा खुमन अधिकारीको लय र विष्णु न्यौपानेको शब्द रचना रहेको छ भने गीतको म्युजिक भिडियो स्मृति स्वयंले गरेकी छिन । सुरेश श्रेष्ठ को छायाङ्कन र प्रकाश धमलाको सम्पादन मा तयार भएको यश म्युजिक भिडियो मा दिदी भाइ र माइतीको कथा रहेको छ भने सुस्मिता सापकोटा ,महेन्द्र गौतम रमा थपलिया लगायतका कलाकारको उत्कृष्ट अभिनय देख्न पाइन्छ ।