गायक भगवान भण्डारीले दिए श्रीमतीलाई तीज उपहार 'रेशमैको फरिया' (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

गायक भगवान भण्डारीले दिए श्रीमतीलाई तीज उपहार ‘रेशमैको फरिया’ (भिडियो सहित)



समीर प्रकाश पाण्डे

विगत केही वर्ष यता संयुक्त राज्य अमेरिकामा परिवारसँग बस्दै आए पनि नेपाली लोक सङ्गीतको माटोमा हुर्केका एक चर्चित गायक हुन भगवान भण्डारी । उनलाई नेपाली माटोले सधैँ खोजिरहेको हुन्छ । करिब दुई दशकभन्दा लामो समय लोक गीतसङ्गीतमा बिताएका गायक भण्डारी र उनकी श्रीमती निर्मला भण्डारीले तीजको मौका छोपेर नयाँ गीत लिएर दर्शक श्रोता माझ आएका छन् । श्रीमान् श्रीमतीको यो जोडी दर्शक श्रोताले निकै रुचाएका जोडी पनि हो ।

गायक भण्डारीले विदेशमा रहेर पनि नेपाली मौलिक लोक संस्कृतिलाई दर्शक श्रोता माझ पस्किँदै आएका छन्। तीजको अवसर पारेर गायक भण्डारीको लय तथा शब्द सङ्कलनमा तयार भएको गीत ‘रेशमैको फरिया’ हालै मात्र सार्वजनिक भएको छ । गीतमा पुराना सङ्गीतकार जुजु गुरुङको सङ्गीत संयोजन रहेको छ भने निर्मला भण्डारीको स्वर सुन्न सकिन्छ।

गीतको भिडियो प्रकाश भट्टको निर्देशनमा तयार भएको छ त्यस्तै राजेश घिमिरेले भिडियो खिचेका छन्। उक्त गीतको भिडियोमा गायिका निर्मला भण्डारीसँगै नायिका रेजिना उप्रेतीले कम्मर मर्काएकी छिन्। मौलिक शब्द र सङ्गीतमा तयार भएको उक्त गीतको भिडियो ‘भगवान् भण्डारी’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।