सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२३)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
अथ चतुर्थोऽध्यायः
श्रीभगवानुवाच
इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम्।
विवस्वान्मनवे प्राह मनुरिक्ष्वाकवेऽब्रतीम्।।१।।
आज्ञा भो अनि कृष्णबाट जुन यो चर्चा सुन्यौ योगको
मैले नै अघि सूर्यलाई उपदेश् गर्दा भनेको थियो।
उन्ले त्यस्पछि आफ्नु पुत्र मनुको शिक्षार्थ व्याख्या गरे
वैवश्वत् मनुले पनि पछि यही ईक्ष्वाकुलाई भने।।१।।
एवं परम्पराप्राप्तमिमं राजर्षयो विदुः।
स कालेनेह महता योगो नष्टः परंतप।।२।।
यस्तै रीत्सित उत्तरोत्तर चली यो योगविद्या यहाँ
राजर्षिहरूमाझ फैलिई भयो विख्यात यस् लोकमा।
धेरै काल बितेर लोकबिच यो लोप् बन्न लाग्यो जब
यस्को फेरि प्रचार गर्नु हुन गो अत्यन्त आवश्यक।।२।।
स एवायं मया तेऽद्य योगः प्रोक्तः पुरातनः।
भक्तोऽसि मे सखा चेति रहस्यं ह्येतदुत्तमम्।।३।।
अर्जुन उवाच
अपरं भवतो जन्म परं जन्म विवस्वतः।
कथमेतद्विजानीयां त्वमादौ प्रोक्तवानिति।।४।।
यो त्यै प्राक्तन कर्मयोग अहिले मैले सुनाएँ प्रिय !
मेरा भक्त सखा दुवै तिमी हुँदा यो यद्यपि गोप्य छ।
सोध्छन् अर्जुन जन्म हजुरको हाल्साल जस्तै भयो
हुन् ती सूर्य अगाडिका कसरी यो शिक्षा दिने कार्य भो ?।।३।।
श्रीभगवानुवाच
बहूनि मे ब्यतीतानि जन्मानि तव चार्जुन।
तान्यहं वेद सर्वाणि न त्वं वेत्थ परंतप।।५।।
अजोऽपि सन्नव्ययात्मा भूतानामीश्वरोऽपि सन्।
प्रकृतिं स्वामधिष्ठाय संभवाम्यात्ममायया।।६।।
भन्नुभो अनि कृष्णले सुन सखे ! तिम्रा र मेरा पनि
धेरै जन्म बिते म जान्दछु सबै जान्दौन यौटै तिमी।
आत्मा हूँ, अज हूँ र अव्यय म हूँ, मै हूँ जगत् ईश्वर
जन्मन्छु प्रकृति अँगाली कहिलेकाहीँ म स्वेच्छासँग।।४।।
(क्रमशः)