गायक पंगेनी र अधिकारीले ल्याए तीजको दर(भिडियो) - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

गायक पंगेनी र अधिकारीले ल्याए तीजको दर(भिडियो)




समीर प्रकाश पाण्डे

लामो समयदेखि निरन्तर नेपाली गीत सङ्गीत क्षेत्रमा आफ्ना पाइला चलाई रहेकी गायिका तथा मोडल सिर्जु अधिकारी र चर्चित गायक बद्री पंगेनीको प्रस्तुतिमा रहेको मौलिक तीज गीत “ तीजको दर ” लिएर दर्शक श्रोतामाझ आएका छन्। तिलक ओलीको सङ्गीत र रविन लामिछानेको शब्द रहेको “तिजको दर” बोलको गीत केही दिन अगाडि मात्र सार्वजनिक भएको हो ।

गीतमा विशेष गरी पहिले पहिले तीजको अघिल्लो दिन मात्र खाइने दर केही वर्षदेखि एक-दुई महिना अघिदेखि नै खाने प्रचलन बढ्दै आएको लाई व्यङ्ग्य गरेका छन् र श्रीमतीले श्रीमानमाथि गरिएको अन्यायलाई समेटेको पाइन्छ। गीतमा अभिनय भने चर्चित मोडल अञ्जली अधिकारी, शङ्कर बिसी सँगै बद्री पंगेनी र सिर्जु अधिकारी पनि देखिएका छन्।भिडियोको छायाङ्कन भने दुर्गा पौडेलले गरेका हुन्। भिडियो सम्पादन नवीन घर्ती मगरको रहेको छ।