फरहानका बक्सिङ गुरु परेश रावल - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

फरहानका बक्सिङ गुरु परेश रावल



एजेन्सी । बलिउड उद्योगका बहुप्रतिभाका धनी फरहान अख्तर केहि महिनादेखि आगामी फिल्म ‘तूफान’ को आफ्नो भूमिकाको तयारीमा व्यस्त रहेका छन् ।

यस फिल्ममा फरहान एक बक्सरको भूमिकामा देखिँदैछन् । सन् २०१३ को राष्ट्रिय पुरस्कार जित्न सफल फिल्म ‘भाग मिल्खा भाग’ पछि उनी यस काल्पनिक स्पोट्र्स ड्रामासँगै पुनः ठूलो पर्दामा देखिँदैछन् ।

फिल्मका निर्माण टिमले फरहानको भूमिकाको लागि बक्सिङ कोचको भूमिकामा परेश रावललाई अघि सारेका छन् । जुन एक निम्न परिवारको सदस्यको भूमिका निभाउनेछन् ।

परेशको भूमिकासँग सम्बन्धित औपचारिक घोषणा अप्रिलमा फाइनल भएको हो भने, दुई अभिनेता मुम्बईमा एक महिना भन्दा बढि समय तालिममा व्यस्त रहेका छन् ।

फिल्म ‘भाग मिल्खा भाग’ को जस्तै शरीर बनाउनका लागि फरहानले पूर्व विश्व किकबक्सिङ च्याम्पियनसँग पनि तालिम लिँदै छन् ।

ओमप्रकाश मेहराको निर्देशन रहेको फिल्मलाई रितेश सिढवानी, ओमप्रकाश मेहरा तथा फरहान अख्तरले संयूक्त रुपमा लगानि गरेका हुन् । फिल्म २०२० को मे महिनामा रिलिज हुने बताइएको छ ।